site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वाइडबडीमा विपक्षी मुछिएको भए नाम सार्वजनिक गरः केसी
Tiktok banner adTiktok banner ad

विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री अजुर्ननरसिंह केसीले नेपाल एयरलाइन्सको वाइडबडी विमान खरिद प्रकरणमा भएको भ्रष्टाचारमा विपक्षीको संलग्नता भए को हो त्यसलाई सार्वजनिक गर्न चुनौती दिएका छन् । विराटनगरमा नेपाल प्रेस युनियन मोरङले आइतबार आयोजना गरेको पत्रकार भेटघाटमा नेता केसीले भने, ‘‘यो प्रकरणमा विपक्षी दलका कोही नेता संलग्न भए सरकारले तिनको नाम सार्वजनिक गरोस् ।’’ केसीले वाइडबडी प्रकरणमा सरकारले दोहोरो चरित्र देखाएको र सरकारी छानबिन समिति बनाएर झन् उसको अभिष्ट उदांगो पारेको आरोप लगाए ।
वाइडबडी खरिदमा भएको अनियमिमतामा संलग्न जो भएपनि कारवाहीको दायरामा ल्याइनुपर्ने केसीको भनाइ छ । ‘‘अर्बौ रुपैयाँ घोटाला भएको यो काण्डमा को को संलग्न छन् भनेर अनुहार हेर्ने जनतलाई इच्छा छ,’’ नेता केसीले भने,‘‘तर सरकार भने यो विषयलाई मोड्ने प्रयासमा छ ।’’
केसीले नेपाली कांग्रेसको १४ औं महाधिवेशन तोकिएकै समयमा हुनुपर्ने नत्र कांग्रेस र लोकतन्त्र नै कमजोर हुने जिकिर गरे । समयावधि थप्न नहुने र महासमितिले दिएको म्यान्डेडलाई महाधिवेशनले मात्र परिवर्तन गर्न सक्ने प्रावधान भएपनि जथाभावी गरिएको बताए । भने, ‘‘त्यही भएर वहुमतका आधारमा तोडमोड गरी गरिएको विधान पारित मान्य छैन ।’’ उनले तलैबाट निर्वाचित भएर आउनुपर्ने लोकतान्त्रिक पार्टीको गुण नै भएकोले यस्तो प्रावधानलाई परिवर्तन गर्न नहुने बताए ।
सरकार भ्रष्टाचारलाई बढावा दिने निकाय जस्तो भएको आरोप लगाउँदै उनले बुढीगण्डकी, वाइडबडी खरिद, फोरजी इजाजत जस्ता विषयले नेपालकै बदनामी भएको बताए । एक अर्को प्रसंगमा पार्टीको सभापतिको उम्मेदवार बन्न उछिन पाछिन गरेर अघि बढ्नुभन्दा सबैको सरसल्लाहमै तयारी गर्नुपर्ने उनले बताए । भने, ‘‘म पनि सभापतिको आकांक्षी हो तर सबैको सरसल्लाह र सहमतिमा मात्र निर्णय गर्छु ।’’
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन १९, २०७५  ११:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro