site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
नेपाली चेलीको तस्करी मणिपुर–म्यानमार हुँदै इराकसम्म, ६ नेपाली तस्कर भारतमा पक्राउ
Sarbottam CementSarbottam Cement

काठमाडौं । मानव तस्करहरुले नेपाली चेली तस्करी गर्ने नयाँ नाकाको रुपमा भारतको मणिपुर र म्यानमार (बर्मा)लाई प्रयोग गर्ने गरेको पाइएको छ । भारतको मणिपुरबाट ३२ पुरुष तथा १४७ जना नेपाली महिलाको उद्धार गरिएपछि मानव तस्करीको नयाँ नाकाको तथ्य बाहिर आएको हो । 

भारतको मणिपुर र म्यानमार जोड्ने नाका केही महिनाअघि मात्रै सञ्चालनमा आएको हो । भारतको मणिपुर हुँदै बर्मा तथा बर्माबाट अवैध तरिकाले विदेश जान हिँडेका १७९ जनाको मणिपुरमा उद्धार गरिएको हो । उद्धार गरिएका सबै नेपालीलाई बुधबार नेपाल ल्याइएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी उत्तम सुवेदीले जानकारी दिए । 

मणिपुरमा नेपाली चेली र पुरुषको त्यहाँको सरकारले उद्धार गरेको जानकारी पाएपछि नयाँ दिल्लीस्थित नेपाली दूतावासमा कार्यरत एसएसपी प्रकाश अधिकारी लगायत नेपाली संघ–संस्थाको टोली मणिपुर पुगेको थियो । एसएसपी अधिकारीका अनुसार त्यहाँको सरकारसँगको समन्वयमा नेपालीहरुको अवस्थाबारे जानकारी लिइएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

मणिपुर हुँदै म्यानमार प्रवेश गर्ने क्रममा उनीहरुलाई त्यहाँ रोकिएको थियो । उद्धार गरेका नेपालीहरुलाई मणिपुर सरकारले सुरक्षित ‘सेल्टर’मा राखेको थियो । नेपाली अधिकारीहरुलाई  उद्धार गरिएका सबैजनालाई मणिपुरका मुख्यमन्त्री एन वीरेन सिहंले जिम्मा लगाएका थिए । त्यसपछि सबैलाई नेपाल सरकारकै खर्चमा नेपाल पुर्याइएको एसएसपी अधिकारीले बताए ।

‘‘हाम्रो सीमासम्म ल्याइदिन भारत र मणिपुर सरकारले सुरक्षाको व्यवस्था गरीदियो । उनीहरुकै सहयोगमा हामी नेपालीहरुको उद्दार गर्न सफल भएका हौ,’’ एसएसपी अधिकारीले भने । उनीहरुको माघ २३ गते उद्धार गरिएको भए पनि बुधबारमात्रै काठमाडौं ल्याइएको होे । काठमाडौं ल्याइपुर्याइएका उनीहरुलाई विभिन्न सुरक्षित स्थानमा राखिएको प्रहरी प्रवक्ता एसएसपी उत्तम सुवेदीले बताए । ‘‘उनीहरु त्यहाँ कसरी पुगे ? कसले लगेको हो ? त्यसबारे जानकारी लिन बाँकी छ,’’ प्रवक्ता सुवेदीले बाह्रखरीसँग भने । 

Global Ime bank

म्यानमार हुँदै इराक, लेवनान 
उद्धार गरिएका नेपालीहरुलाई इराक लैजान खोजिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । इराक जान नेपाल सरकारले प्रतिबन्ध लगाएपछि उनीहरुलाई भारतको बाटो हुँदै लैजाने योजना तस्करले बनाएका हुन् । सडकमार्गबाट म्यानमार हुँदै त्यहाँबाट इराक, लेवनान लगायतमा देशमा नेपालीहरुलाई पुर्याइन्छ । यसका लागि नेपाल, भारत र म्यानमारमा पनि तस्करीमा संलग्न दलाल सक्रिय रहन्छन् । प्रारम्भिक अनुसन्धानका क्रममा उद्धार गरिएका नेपालीहरुबाट ५० हजारदेखि ४ लाखसम्म दलालहरुले असुल गरेका छन् ।

नेपालबाट कसरी पुगे मणिपुर ?
दलालहरुले नेपालको चितवन, दाङ लगायत विभिन्न स्थानमा मान्छे जम्मा गर्न ‘कलेक्सन सेन्टर’ बनाएको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ । भारतीय बाटो हुँदै ग्यारेन्टीका साथ इराक, लेवनान लगायत प्रतिबन्धीत मुलुकमा पठाउने भन्दै उनीहरुले रकम लिने काम हुन्छ । इराक, लेवनान निकै असुरक्षित देश मानिन्छन् । अवैधानिक बाटोबाट गए विदेशमा अप्रिय घटना वा कानुनी समस्या पर्दा उद्धारमा निकै असहज हुने गरेको छ ।

नेपालमा मान्छे जम्मा गरिसकेपछि दलालहरुले नेपालगञ्ज, महेन्द्रनगर, सुनौली लगायतका नाकाहरुबाट भारत प्रवेश गराउने गरेका छन् । भारत प्रवेश गराएपछि कसैलाई दिल्लीबाट त कसैलाई गुहाटीबाट मणिपुरको राजधानी इम्फाल पठाउने गरिन्छ । अनुसन्धानका क्रममा सबैलाई भारत प्रवेश गराएपछि हवाईमार्गबाटै मणिपुर पुर्याइएको खुलेको छ । मणिपुर पुर्याइएपछि त्यहाँबाट म्यानमार प्रवेश गराउँदै अन्य मुलुक तस्करले लैजाने गरेका छन् । 

तस्करीमा संलग्न ६ नेपाली पक्राउ
मणिपुर प्रहरीले मानव बेचबिखनमा संलग्न रहेको आरोपमा ९ जनाविरुद्ध मुद्दा दायर गरेको छ । जसमा ५ नेपाली पुरुष र एक महिला रहेको बताइएको छ । भारतीय बाटो हुँदै मानवतस्करी हुने गरेको यो ठूलो घटना हो । 

तस्बिरः मणिपुरका मुख्यमन्त्री एन बीरेनको फेसबुक वालबाट
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन ९, २०७५  १२:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement