site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
वैशाखमा आगलागी र डढेलोका घटनामा परी २७ जनाले गुमाए ज्यान
फाइल तस्बिर ।

काठमाडौं । पछिल्लो एक महिनाको अवधिमा आगलागी र वन डढेलोको घटनामा परी देशभर २७ जनाको मृत्यु भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०८१ वैशाख १ गतेदेखि ३१ गतेसम्मको अवधिमा उनीहरूको मृत्यु भएको हो ।

Dabur Nepal
NIC Asia

उक्त अवधिमा आगलागीका घटनामा परी २१ जना र वन डढेलोका घटनामा परी ६ जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार वैशाख महिनामा मात्र आगलागीका घटनाले ५० करोड ६७ लाख ६८ हजार ५९० रुपैयाँ बराबरको आर्थिक क्षति गरेको छ । वन डढेलोको घटनाले ६ करोड ३० लाख ४२ हजार ४०० रुपैयाँ बराबरको आर्थिक क्षति भएको प्राधिकरणले जनाएको छ ।

वैशाख महिनामा विभिन्न प्रकारका विपद्का घटनामा परी ३९ जनाले ज्यान गुमाएको प्राधिकरणको तथ्यांकले देखाउँछ । विपद्का घटनाले उक्त समयमा कुल ५८ करोड १६ लाख ३० हजार ६९० रुपैयाँ बराबरको आर्थिक क्षति गरेको छ ।

२०८० सालको वैशाख महिनामा आगलागी र वन डढेलोका घटनामा परी १६ जनाले ज्यान गुमाएका थिए भने ३८ करोड ८६ लाख ७१ हजार ८०० रुपैयाँ बराबरको आर्थिक क्षति गरेको थियो । सोही अवधिमा विभिन्न विपद्का घटनामा परी ३८ जनाको मृत्यु भएको थियो । २०८० सालको वैशाखमा विभिन्न विपद्का घटनाले ३९ करोड ७१ लाख ५१ हजार ८०० रुपैयाँ बराबरको आर्थिक क्षति गरेको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१  ०६:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro