site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
यस्तो छ नेकपाको ‘जनयुद्ध दिवस’ कार्यक्रम, प्रधानमन्त्री नजाने !

काठमाडौं । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टी (ने क पा) ले बुधबार ‘जनयुद्ध’ दिवस मनाउने भएको छ ।

यद्यपि नेकपाले त्यसलाई औपचारिक रूपमा जनयुद्ध दिवस मनाउने भनेको छैन । “जनआन्दोलन तथा जनयुद्धका सहिदहरूको सम्झनामा फागुन १ गते पार्टीका प्रदेश र जिल्ला कार्यालयमा श्रद्धाञ्जली कार्यक्रम राखिएको छ,” पार्टी महासचिव विष्णु पौडेलले बाह्रखरीसँग भने ।

Dabur Nepal

जनयुद्ध दिवसको सन्दर्भ पारेर आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली भने उपस्थित नहुने कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए । गत वर्ष पनि पेरिसडाँडामा आयोजित कार्यक्रममा अध्यक्ष ओली अनुपस्थित थिए ।
“प्रधानमन्त्री ओली राष्ट्रियसभा गृहमा श्रम तथा रोजगार मन्त्रालयले आयोजना गरेको कार्यक्रममा सहभागी हुनु पर्ने भएकाले आउन नपाउने हुनुभयो,” उनले भने, “प्रचण्ड र महासचिव विष्णु पौडेल कार्यक्रमको मुख्य वक्ता हुनुहुनेछ ।
नेकपाको प्रदेशबाहेक जिल्ला कमिटी एकता नभइसकेकाले संयुक्त रूपमा कार्यक्रम राख्न निर्देशन दिएको नेकपाले जानकारी दिएको छ ।

सातै प्रदेश, जिल्ला कमिटी र भ्रातृ संगठनसमेतले जनयुद्धको सम्झनामा श्रद्धाञ्जली र विविध कार्यक्रम आयोजना गरेको नेकपाको भनाइ छ ।

अखिलले दीप प्रज्ज्वलन गर्ने
जनयुद्ध दिवसको सन्दर्भमा नेकपा निकट अनेरास्ववियु र अखिल क्रान्तिकारीले संयुक्त रूपमा बुधबार बिहान श्रद्धाञ्जली कार्यक्रम आयोजना गर्ने र साँझ माइतीघरमण्डलामा दीप प्रज्ज्वलनको कार्यक्रम आयोजना गर्ने भएको छन् ।

दुवै संगठनको सोमबार बसेको बैठकले फागुन १ गते जनयुद्ध र जनआन्दोलनमा सहादत प्राप्त गर्ने सहिदहरूको सम्झनामा  संयुक्त रूपमा श्रद्धाञ्जली कार्यक्रम गर्ने निर्णय गरेका छौँ,” अनेरास्ववियुकी अध्यक्ष नवीना लामाले बाह्रखरीसँग भनिन्, “१ गते केन्द्रका तर्फबाट साँझ माइतीघर मण्डलामा दीप प्रज्ज्वलन गर्छौं । देशभरका सबै जिल्ला कमिटी र क्याम्पसमा आफ्नो अनुकूल हुनेगरी संयुक्त कार्यक्रम गर्न पनि निर्देशन दिएका छौँ ।”

यसैबीच सरकारले १ फागुनकै दिन प्रधानमन्त्री स्वरोजगार कार्यक्रम घोषणाको तयारी गरेको छ । जनयुद्ध दिवसको सम्मानमा दुई पार्टीको एकता अझै बलियो छ भन्ने सन्देश प्रवाह गर्न जनयुद्ध दिवसकै दिन श्रम तथा रोजगार मन्त्रालयले प्रधानमन्त्री रोजगार कार्यक्रम घोषणा गर्न लागेको बताइएको छ ।

फाइल तस्बिर 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २९, २०७५  १८:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro