site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
भारतमा अत्यधिक ठूलो र भव्य विवाहको प्रचलन बढ्दो
Sarbottam CementSarbottam Cement

एजेन्सी । वैवाहिक समारोहको आयोजनामा भारतीय धनाढ्यहरुलाई सायदै कसैले जित्न सक्ला । केही महिना अगाडि मात्र भएका विभिन्न हाइ–प्रोफाइल समारोहमा नै भारतीय विवाहका भिन्दै स्वरुप देख्न पाइएको थियो । जसमा अभिनेत्री प्रियंका चोपडा र निक जोनसको विवाहले हलिउड र बलिउडलाई एकै ठाउँ ल्यायो भने सर्वाधिक धनी व्यवसायी अम्बानीकी छोरीको विवाहलाई इतिहासकै सबैभन्दा महङ्गो बताइएको थियो । 

यसरी विवाहमा पैसाको खोला बगाउने चलन भारतमा लामो समय अघिदेखि नै प्रचलित रहेको छ । तर पछिल्लो समय यो चलनले झन ठूलो रुप लिइरहेको पाइएको छ । वैवाहिक स्थलमा राजमहल छनोट गर्नेदेखि विश्वप्रख्यात डिजाइनरका गरगहना र पहिरन, विशिष्ट खानपान अनि मनोरञ्जनका निम्ति बोलाइने भीआईपी कलाकार लगायतले अहिले नयाँ ट्रेन्ड सुरु गरिरहेको बताइएको छ । यसरी मुकेश अम्बानीकी छोरी इशाको विवाहमा विश्वचर्चित अमेरिकी गायिका बियोन्सेले निजी कन्सर्ट गरेकी थिइन् जसबारे सबैतिर अत्याधिक चर्चा भएको हो । यसका साथै क्लिन्टन लगायतका भिआइपीहरुको आगमनले पनि यो समारोहलाई राष्ट्रिय उत्सव सरह तुल्याएको थियो ।   

Prabhu Bank
Agni Group
NIC Asia

यसरी भारतमा वार्षिक १ करोड २० लाख विवाह हुने गरेका छन् जसमा मध्यम वर्गीय नागरिकहरुले समेत असीमित खर्च गर्ने गरेको पाइन्छ । यस्तोमा सन् २०१२ मा भारतको वैवाहिक उद्योग २५.५ अर्ब डलर रहेको बताइएको थियो भने अहिले यो ४० देखि ५० अर्ब डलर बराबर रहेको अनुमान गरिएको छ । वास्तवमा वैवाहिक जोडीले मात्र नभइ विवाहमा उपस्थित आफन्तजन र सम्पूर्ण अतिथिहरुले समेत आफूसँग भएजतिका गरगहना अनिवार्य लगाउने चलनका कारण नै देशभर खरिद गरिने आधा भन्दा बढी सुन वैवाहिक समारोहमै प्रयोग हुने गरेको छ । त्यसैले पनि यो उद्योग यति विशाल बन्न पुगेको बताइन्छ ।

यसरी विवाहलाई दुईजनाबीच स्थापित बन्धनका रुपमा मात्र नलिएर शक्ति, जीवनस्तर र प्रतिष्ठाको चिन्ह पनि मानिन्छ । दुई व्यक्ति नभएर दुई परिवार, दुई समाज, दुई गाउँकै मिलाप हुने भएकाले पनि यसलाई धेरै महत्व दिने गरिएको छ ।

Global Ime bank

त्यसकारण जस्तोसुकै परिवारमा भएपनि विवाहलाई सकेजतिको भव्य र ठूलो बनाउन मानिसहरुले आफ्नो आर्थिक सिमा समेत पार गर्ने गर्दछन् । चाहे यस क्रममा कोही ऋणमै डुब्नु किन नपरोस् । त्यसैले परम्परा र संस्कृतिका नाममा कतिका लागि विवाह जीवनकै ठूलो परीक्षा साबित हुने गरेको छ । यसमा बलिउडको प्रभावले पनि उत्तिकै ठूलो भूमिका खेल्ने गरेको बताइएको छ । 

यसरी पछिल्लो समयका वैवाहिक समारोहहरुमा केही नयाँ परिवर्तन पनि देख्न पाइएको छ । जस्तै अहिले अधिकांशले परिमाणमा भन्दा गुणस्तरमा धेरै ध्यान दिइरहेका छन् । किनकी पहिले १ हजारसम्म अतिथि बोलाइन्थ्यो भने अहिले धेरै नजिकका साथीभाइलाई मात्र निम्ता गर्दै सो सङ्ख्यालाई २०० –३०० मा झारिएको छ जसमा विवाहको स्थललाई बढी केन्द्रित गरिन्छ । यसमा उच्च वर्गको परिवारले कम्तीमा पनि एकजना अतिथि बराबर प्रतिदिन ४०० डलर खर्च गर्ने गरेका छन् । तर यता अम्बानीहरुको कार्यक्रममा भने १ जना बराबर प्रतिदिन २ हजार डलर भन्दा बढी खर्च भएको हुन सक्ने ब्याङलोरस्थित वेडिङ प्लानर स्वेता प्रियंका गुप्ताको अनुमान छ । यति मात्र नभएर भारतीय विवाह ४ देखि १० दिन लामो हुने हुनाले पनि विवाहको खर्च बढ्न पुग्छ । 

त्यस्तै पछिल्लो पटक अभिनेत्री दिपिका पादुकोण र रणवीर सिंहको विवाहबारे पनि मिडियामा उत्तिकै चर्चा भएको थियो । यसरी अम्बानीको विवाहबारे सर्वसाधारणले पनि राम्रो प्रतिक्रिया जनाएका छैनन् । ईरानका भारतीय राजदूत के.सी सिंहले यसबारे ट्वीट गर्दै लेखेका छन्, “करोडौँ रुपैँया त्यसरी विवाह र मनोरञ्जनमा खर्च नगरेर केही समाजिक कार्यमा लगाएको भए अम्बानीले भारतभर सबैको मन जित्ने थिए ।”– सीएनएन   
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ २१, २०७५  ०६:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय