site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
कमजोर ब्याटिङ–नेपाल यूएईसँग ३ विकेटले पराजित
Sarbottam CementSarbottam Cement

काठमाडौं । कमजोर ब्याटिङ प्रदर्शनले निरन्तरता पाएपछि नेपालले शुक्रबार पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा युनाइटेड अरब इमिरेट्स(यूएई)लाई ३ विकेटको नतिजा सुम्पिएको छ । दुबईस्थित आईसीसी एकेडेमी ओभलमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको नेपालले ३३.५ ओभर खेलेर १ सय १३ रन जोड्दा सबै विकेट गुमायो । १ सय १४ रनको लक्ष्य घरेलु टोली यूएईले ३२.१ ओभरमा ७ विकेट गुमाएर पूरा गरेको हो । 

बलिङमा राम्रो गरे पनि लामो समयदेखी ब्याटिङमा समस्या झेल्दै आएको नेपालले शुक्रबार ब्याटिङ लाइनअफमा केही परिवर्तन गरेको थियो । मध्यक्रममा ब्याटिङ गर्ने विनोद भन्डारीलाई ओपनरका रुपमा पठाएको नेपालले सोमपाल कामीलाई पनि ‘टु डाउन’ मा ब्याटिङ गराएको थियो । त्यस्तै पहिलो पटक राष्ट्रिय टोलीमा परेका पवन सर्राफलाई डेब्यू गरायो । तर ब्याटिङमा नेपालको कुनै पनि रणनीति प्रभावकारी देखिएन । 

Prabhu Bank
Agni Group
NIC Asia

नेपालका सोमपाल कामीले ३०, आरिफ शेखले २५, कप्तान पारस खड्काले २० र सन्दीप लामिछनेले १५ रन जोड्नुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । लेग स्पिनर सन्दीप र आरिफले नवौं विकेटका लागि २५ रनको साझेदारी गरेपछि नेपाल १ सय रनको योगफल पार गर्न सफल भएको थियो । ८१–८ को स्थितीबाट सन्दीप र आरिफले नवौं विकेटका लागि २५ रनको साझेदारी गरेपछि भ्रमणकारी नेपाल १ सय रनको योगफल कटाउन सफल भएको हो । 

त्यसअघि पारस खड्का र सोमपाल कामीले तेस्रो विकेटका लागि २८ रनको साझेदारी गरेका थिए । पारस आउट भएपछि सोमपाल र आरिफले पाँचौ विकेटका लागि २४ रनको साझेदारी गरे । नेपालको इनिङमा बनेको ठूला साझेदारी यी मात्र हुन् । यूएईका कप्तान मोहम्मद नाभीद र अमिर हायतले समान ३÷३ विकेट लिँदा इमरान हैदरले २ तथा कादीर अहमदले १ विकेट लिए ।

Global Ime bank

ब्याट्सम्यानले राम्रो प्रदर्शन गुरेपछि बलरमाथि दबाब परेको थियो । तर नेपाली बलरले त्यो दबाब चिर्दै नेपाललाई जिताउने प्रयास गरेका थिए । १ सय १४ रनको लक्ष्य जोगाउने नेपाली बलरको प्रयास सफल हुन सकेन । १९.२ ओभरमा युएई ७३–७ को स्थितीमा थियो । त्यतिबेलासम्म नेपालको आशा कायमै रहे पनि तल्लोक्रमका अमिर हायत र इमरान हैदरले ४१ रनको अविजित साझेदारी गरेपछि नेपालको आशा समाप्त भयो ।

नेपालका करण केसी, पारस खड्का र सन्दीप लामिछानेले समान २÷२ विकेट लिए भने सोमपाल कामीले १ विकेट लिएका छन् । करणले यूएईका ओपनर अशफाक अहमदलाई एलबिडब्लू आउट गरेका थिए । सोमपालले अर्का ओपनर चिराग सुरीलाई बसन्त रेग्मीमार्फत क्याच गरे । करणले नवौं ओभरमा शाइमन अनवारलाई बोल्ड गरे । १४औं ओभरमा मुहम्मद उस्मानलाई नेपालका कप्तान पारसले विकेटकिपर विनोद भन्डारीमार्फत क्याच गराए । सन्दीपले शब्बरलाई दीपेन्द्रसिंह ऐरीमार्फत क्याच गरे भने र फाहज नवाजलाई बोल्ड गरे । पारसले मोहम्मद बुतालाई पनि बसन्तमार्फत क्याच गरे ।

यूएईका गुलाम शब्बरले ३० तथा शाइमन अनवारले ११ रन जोड्नु बाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेका थिएनन् । तर अमिर हायत र इमरान हैदरले आठौं विकेटका लागि ४१ रनको अविजित साझेदारी गरेपछि घरेलु टोली ३ विकेटको जित निकाल्न सफल भयो । 

नेपालका विनोद भन्डारी, पवन सर्राफ र ललितनारायण राजवंशीले एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यू गरे भने यूइएका फाहज नवाजले डेब्यू गरे । ललितनारायणलाई कप्तान पारसले बलिङमा विश्वास गरेनन् । अनुभवी स्पिनर बसन्त रेग्मीलाई पनि १ ओभरमात्र बलिङ गर्न दिएका थिए । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ ११, २०७५  १७:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC