site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
जाडोमा बालबालिकालाई कसरी जोगाउने ? 
Sarbottam CementSarbottam Cement

जाडो महिनामा बालबालिकाहरुलाई राम्रो हेरविचार गरिएन भने  उनीहरुमा रुघाखोकी, सिजनल फ्लु, मौसमी झाडापखाला, पेट र स्वासप्रश्वाससम्बन्धी समस्या देखिन सक्छ । त्यसैगरी, हातखुट्टा फुट्ने र छाला खस्रो हुने समस्या बढी मात्रामा देखिन्छ । यस्ता समस्या देखिनुको मुख्य कारण भनेको संक्रमण नै हो । यस्तो संक्रमणबाट जोगाउन सकिएन भने उनीहरुमा निमोनिया भइ मृत्यु हुने खतरा समेत हुन्छ । जाडोको समयमा बालबालिकामा सरसफाइमा पनि विशेष ध्यान दिनुपर्छ । 

बालबालिकालाई तातो लुगा लगाइदिने तथा  सागसब्जी र तातो झोलिलो खानेकुरा खान दिनु पर्छ । उनीहरुलाई  चिसो मौसममा फल्ने सुन्तला, जुनार लगायतका फलफुल खान दिदैँनौ । तर, त्यस्ता फलफुल थोरै थोरै गरेर घाममा राखेर खुवाउँदा उनीहरुको छाला सुख्खा हुने समस्या आउँदैन । बालबालिकालाई लामो समयसम्म हिटर बालेर राख्नु हुँदैन । चिसोले विशेष गरेर नवजात शिशुलाई धेरै सताएको देखिन्छ । नवजात शिशुलाई न्यानो पारेर राख्नुपर्छ । तर न्यानो पारेर राख्ने भन्दैमा सिरकले पुरै नाक मुख ढाकेर गुम्स्याएर राख्ने गरेको पाइन्छ । त्यस्तो गर्नुहँुदैन । धेरैले बालबालिकालाई चिसो लाग्न नदिन कोठामा आगो बाल्ने, हिटर बाल्ने र झयाल ढोका पुरै बन्द गरेर हावा जाने ठाउँ नराखी गुम्स्याउने गर्दछन् । त्यसो गर्दा झन् गुम्सिएर स्वासप्रश्वास सम्बन्धी समस्या बढेर आउँछ । 

नवजात शिशु राख्ने कोठालाई २५ देखि २८ डिग्री तापक्रममा राख्नु पर्दछ । तर, कोठामा हावा आवतजावत गर्ने ठाउँ हुनुपर्छ । बालबालिकामा रुघा सर्ने जोखिम बढि हुन्छ ।  त्यसैले घरमा कसैलाई रुघाखोकी लागेको छ भने बालबालिकाभन्दा टाढा बस्नु पर्दछ । जाडोमा बालबालिकामा रोग प्रतिरोध क्षमता कम हुन्छ ।  जाडोमा उनीहरुलाई भिटामीन डि को पनि कमि हुन्छ ।

Prabhu Bank
Agni Group
NIC Asia

कतिपय मानिसले घरभित्र हिटर बालेर बालकालिकालाई सेक्ने वा मालिस गर्ने गरेको पाइन्छ ।  तर त्यस्तो गर्नु हुँदैन ।घाममा  राखेर मालिस गर्नुपर्छ । घरभित्र राखेर गर्नुहुदैन । अझ चिसो लाग्ने खतरा हुन्छ । बालबालिकालाई घाममा राख्दा पानी  तथा कालो चिया खान दिनुपर्छ । बालबालिका वा नवजात शिशुलाई एउटै कपडा लामो समयसम्म लगाइदिने गर्नु हुँदैन । समय समयमा उनीहरुको कपडा फेरिदिनुपर्छ । जाडोमा पनि बालबालिकालाई सातामा एक पटक घाममा राखेर नुहाइदिनुपर्छ । 

बालबालिकाको हेरचाह

Global Ime bank

–विहान र वेलुकाको चिसो हावामा बालबालिकालाई घर बाहिर निस्कन नदिने 

–घाममा राख्दा समय समयमा पानी खुवाउने ।

–कालो चिया दिने  ।

–मालिस गर्दा घाममा राखेर मात्र गर्ने ।

–न्यानो कपडा लगाईदिने  ।

–मौसमी फलफुल खुवाउने । 

–हिटर बालेर लामो समयसम्म नराख्ने ।

–झोलिलो खानेकुरा खुवाउने ।

– नवजात शिशुको कपडा समय समयमा फेर्ने ।

(बाल स्वास्थ्य नर्सिङ विशेषज्ञ सुवेदीसँग गरिएको कुराकानीमा आधारित)


 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २६, २०७५  ०८:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC