site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पूर्वराजा शाहलाई काठमाडौं महानगरले तोकेको जरिवाना तिर्दै राजावादी

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहका नाममा काठमाडौं महानगरपालिकाले तोकेको जरिवाना तिर्ने तयारी गरिएको छ । जनआन्दोलन संघर्ष समितिका संयोजक नवराज सुवेदीलगायत नेताहरूले महानगर पुगेर आजै जरिवाना तिर्ने तयारी गरेको राष्ट्रिय प्रजातन्त्र पाटी (राप्रपा)का प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । 

“जरिवाना राप्रपाले तिर्ने होइन । राजावादी साथीहरूले संकलन गरेको रुपैयाँ हिजो सुवेदीलाई बुझाएका छन् । आज गएर महानगरमा बुझाउने हो,” उनले भने ।

गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादी प्रदर्शनमा सार्वजनिक सम्पत्ति तोडफोड र फोहोर गरेकोसहित विभिन्न शीर्षकमा काठमाडौं महानगरले पूर्वराजा शाहका नाममा सात लाख ९३ हजार रुपैयाँ बराबरको जरिवानापत्र काटेको थियो ।

त्यसपछि राजावादीको एक समूहले सामाजिक सञ्जालमार्फत चन्दा संकलन अभियान चलाएको थियो । चन्दा संकलनबाट उठेको रकममध्ये सात लाख ९३ हजार जरिवाना तिर्ने र बाँकी रुपैयाँ समितिले नै खर्च गर्नेछ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २६, २०८२  १२:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro