site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

ढाका । बंगलादेशले म्यान्मारका एक मन्त्रीले रोहिंग्या शरणार्थीको बारेमा दिएको अभिव्यक्तिलाई लिएर ढाकास्थित म्यान्मारका राजदूतसँग बिहीबार स्पष्टीकरण लिएको छ । म्यान्मारका धर्म सम्बन्धी मन्त्री थुरा आङ कोले बुधबार बंगलादेशमा रहेका रोहिंग्या मुश्लिमलाई ‘ब्रेन वास’ गरिएको र मार्च गर्न म्यान्मार पठाइएको भन्ने अभिव्यक्ति दिएका थिए । उनको सोही विषयलाई लिएर विहीबार ढाकास्थित म्यान्मारका राजदूतलाई बंगलादेशको विदेश मन्त्रालयले बोलाएर स्पष्टीकरण सोधेको हो । 

स्पष्टीकरण लिने क्रममा बंगलादेशको विदेश मन्त्रालयका अधिकारीहरुले यसखालको अभिव्यक्तिले मुश्लिम समुदायको भावनामा चोट पुगेको भन्दै निन्दा गरेका थिए । जवाफमा म्यान्मारका राजदूतले भने मन्त्रीको भनाइ उनको निजी धारणा रहेको बताएका थिए । संयुक्त राष्ट्र संघले निकालेको प्रतिवेदनमा ७ लाख ३० हजार भन्दा बढी रोहिंग्या शरणार्थीलाई म्यानमार सरकारको ज्यादतीका कारण म्यान्मारको राखिने क्षेत्रबाट हटाइएको जनाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २०, २०७५  १२:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement