site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
राप्रपालाई थप मन्त्रालय दिएर एमालेविना संविधान संशोधन गर्ने ! यसरी हुँदैछ जोडघटाउ 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । सोमबार बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा भएको तीन दलको बैठकमा नेकपा एमालेको चेतावनीपछि सरकारले पनि एमालेविना संविधान संशोधन गर्न सकिने बताउँदै प्रस्ताव नरोक्ने निष्कर्षमा पुगेको छ ।
नेकपा एमालेले संशोधन प्रस्ताव संसद्मा पेश हुन नदिने, सदन र सडकबाटै त्यसको विरोध गर्ने जनाएपछि सरकारले पनि नेकपा एमालेविना दुई तिहाई पुर्याउने रणनीति अपनाएको एक नेताले बताए ।
संविधान संशोधनका लागि नेकपा एमालेसहित केही सानादल बाहिर रहे पनि सरकारले दुई तिहाई पुर्याउन सक्छ तर त्यसमा राप्रपाले निर्णय गर्नुपर्नेछ ।
राप्रपा नेपाल र राप्रपाबीच एकता भएपछि सरकारमै रहने कि बाहिरिने भन्ने बारेमा निर्णय गर्न बुधबार संयुक्त केन्द्रीय समितिको बैठक बोलाएको छ ।
सरकारले राप्रपाका अझै केही नेतालाई सरकारमा सहभागी गराएर संशोधन प्रस्तावको पक्षमा दुई तिहाई पुर्याउने रणनीति तयार गरेको स्रोतले जानकारी दियो ।
“नेकपा एमालेले संशोधन प्रस्तावको विरोध गर्यो र प्रस्ताव पारित हुनै नदिने रणनीति अपनायो भने सरकारले पनि एमालेविना दुई तिहाई पुर्याउन सक्छ,” प्रधानमन्त्री निकट स्रोतले भन्यो, “एमालेबाहेक अहिले नेमकिपा पनि संशोधन प्रस्तावको विपक्षमा उभिने देखेका छौं । त्यसबाहेक अन्य दलहरु हामीसँगै हुनेछन् । राप्रपाका केही नेतालाई सरकारमा ल्याउनेबारेमा पनि कुराकानी भएको छ ।”
सत्तारुढ दलले संविधान संशोधन प्रस्तावका बारेमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरुसँग पनि बुधबार विहान छलफल गर्न लागेको जनाएका छन् ।
संविधान संशोधनका लागि सरकारलाई अहिले ३९६ मत आवश्यक पर्छ । नेकपा एमालेसँग १८२ सांसद छन् । 
संसद्मा अहिले ५९४ सदस्य कायम छन् । ६०१ सदस्यीय संसद्मा २ जना सरकारले मनोनित नै गरेन । राप्रपाका सूर्य बहादुर थापा, कांग्रेसका सुशील कोइराला र माओवादी केन्द्रका भक्ति पाण्डेको निधन भएको छ । विद्यादेवी भण्डारी राष्ट्रपतिमा चयन भइन् भने बाबुराम भट्टराई संसद् सदस्यबाटै राजीनामा दिएका छन् ।
५९४ सांसदको दुई तिहाई सरकारले हिसाब गरे पनि पुग्ने सम्भावना भने निकै कम रहेको स्रोतले जानकारी दियो ।
उनका अनुसार राप्रपाले निर्णय गर्न बाँकी छ भने कांग्रेसभित्र पनि एउटा समूह एमालेलाई बाहिर राखेर अघि बढ्नुहुँदैन भन्ने पक्षमा छन् । 
“हामी अहिले नै के गर्ने भन्ने निर्णयमा पुगेका छैनौं,” राप्रपाका नेता मोहन श्रेष्ठले भने, “बुधबार संयुक्त केन्द्रीय समितिको बैठक छ । त्यसपछि मात्रै निर्णय गर्नेछौं ।”
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशंकर नायकले नेकपा एमालेले अहिले विरोध गरे पनि संशोधन प्रस्तावको पक्षमा मतदान गर्ने विश्वास व्यक्त गरे ।
मंगलबार काठमाडौंमा भएको एक कार्यक्रममा उनले मुलुकमा यतिवेला दुई वटा अतिवाद सोच भएकाहरु हावी भएको भन्दै त्यसले मुलुकको निकास नदिने आरोप लगाए । 
“एउटा राष्ट्रवादको नारा दिने मण्डले राष्ट्रवाद र अर्को जहिले पनि आन्दोलन र क्रान्तिको थ्रेट दिने हावी भएका छन,” मन्त्री नायकले भने, “यसले मुलुकको हित गर्दैन ।”
मन्त्री नायकले संविधान सम्झौताको दस्तावेज भएकोले असन्तुष्टहरुको आवाजलाई सम्बोधन गर्न पनि संविधान संशोधन आवश्यक रहेको बताए । उनले अहिले निर्वाचन मुलुकको लागि आवश्यक भएकोले संविधान संशोधनमार्फत असन्तुष्टहरुको मागलाई सम्बोधन गर्दै संविधान कार्यान्यवनको बाटोमा अघि बढ्नुपर्ने धारणा राखे । 
उनले एमालेले संशोधनमा सहयोग नगर्ने भने पनि यो उसको तत्कालको रिस मात्रै भएको दावी गरे । उनले अघि थपे,“ओली सरकार ढल्दा प्रचण्डसँग रिस उठेको होला ।”
संशोधन प्रस्ताव दर्ता भएपछि एमाले पनि जनताको कठघराबाट भाग्न नमिल्ने उनको भनाई थियो ।
तर एमालेले एमालेविनाको दुई तिहाइले मुलुकमा द्वन्द्व निम्त्याउने धारणा बताएको छ ।
संविधान संशोधनको विषयमा एमालेलाई सहमतिमा नल्याइ अघि बढिए मुलुक दुर्घटनातर्फ अघि बढ्ने चेतावनी एमालेको छ । “एमालेबाहेक दुई तिहाई जुट्ने र संविधान संशोधन हुने कुरा काल्पनिक मात्रै हो,” नेकपा एमालेका नेता प्रदिप ज्ञवालीले भने, “त्यसको कुनै सम्भावना पनि छैन । कथम्कदाचित त्यसरी अघि बढ्न खोजे मुलुकको लागि ठूलो दुर्भाग्य हुनेछ ।”
उनले संविधान कार्यान्वयनको लागि आवश्यक कानुनको तर्जुमा गर्ने, स्थानीय निकाय पुनःसंरचना टुंग्याउने र निर्वाचनको तयारी गर्न छाडेर संशोधनको कुरा मात्रै उठाउनुले सरकारप्रति आशंका जन्मिएको बताए ।  

संसद्मा रहेका राजनीतिक दल र संख्या 
कांग्रेस २०७
एमाले १८२
माओवादी केन्द्र ८२ 
राप्रपा ३७
संघीय समाजवादी फोरम १५ 
मधेसी जनअधिकार फोरम लोकतान्त्रिक १४ 
तमलोपा ११ 
सद्भावना पार्टी ६ 
नेकपा माले ५ 
नेमकिपा ४ 
तमसपा नेपाल ३ 
राष्ट्रिय जनमोर्चा ३ 
नेकपा संयुक्त ३ 
राष्ट्रिय मधेश समाजवादी पार्टी ३ 
नेपाल परिवार दल २ 
राष्ट्रिय जनमुक्ति पार्टी (लोकतान्त्रिक) २ 
थरुहट तराई पार्टी नेपाल २ 

बहुजन शक्ति पार्टी १ 
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च १ 
समाजवादी जनता पार्टी १ 
नेपाली जनता दल १ 
मधेशी जनअधिकार फोरम गणतान्त्रिक १ 
नेपाः राष्ट्रिय पार्टी १ 
नेपाल सद्भावना पार्टी १ 
खम्बुवान राष्ट्रिय मोर्चा, नेपाल १ 
अखण्ड नेपाल पार्टी १ 
जनजागरण पार्टी नेपाल १ 
मधेस समता पार्टी नेपाल १
दलित जनजाति पार्टी नेपाल १ 
स्वतन्त्र १ 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर ७, २०७३  १९:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC