राजनीति
काठमाडौँ । उपप्रधानमन्त्री विमलेन्द्र निधिले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताउँदै नेपाली भूमिबाट चीन विरोधी गतिविधि हुन नदिइने बताएका छन् ।
गृह मन्त्रालयमा आज नेपालका लागि चिनियाँ राजदूत यु होङसँगको भेटवार्तामा गृहमन्त्री निधिले नेपालको विकासमा चीन सरकारले उपलब्ध गराउँदै आएको सहयोग र सद्भावप्रति आभार प्रकट गरे ।
राजदूत युले नेपालको विकास र समृद्धिमा चीन सरकारका तर्फबाट भइरहेको सहयोग निरन्तर जारी रहने बताउँदै दुई देशबीचको सम्बन्ध थप उचाइमा पु¥याउने प्रतिबद्धता जनाइन् ।
उहाँहरुबीच द्विपक्षीय सुरक्षा, आर्थिक विकास लगायत विषयमा कुराकानी भएको उप्रधानमन्त्री निधिका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिए । रासस
प्रकाशित मिति: सोमबार, मंसिर ६, २०७३ २१:३२
प्रतिक्रिया दिनुहोस्