site stats
बाह्रखरी :: Baahrakhari
राजनीति

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले सरकारले औचित्य पुष्टि नहुने गरी संविधान संशोधनको प्रस्ताव दर्ता गराउने तयारी गरेको भन्दै आपत्ति जनाएको छ ।

एमाले स्थायी समिति बैठकले सरकारमा रहेका र बाहिरका दलले समेत संशोधनको विपक्षमा रहेका बेला सरकारले संशोधन दर्ताको विषयलाई चर्चामा ल्याउनु गम्भीर भएको निष्कर्ष निकालेको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

एमाले उपाध्यक्ष भीम रावलले रासससँग कुरा गर्दै संविधान संशोधन गर्नुपर्ने कारण पुष्टि नभइकन गरिने संशोधनको विपक्षमा एमाले रहेको बताए ।

“स्थायी समिति बैठकमा समसामयिक राजनीतिक परिस्थितिबारे विमर्ष भयो, खासगरी सरकारले संविधान संशोधनको प्रस्ताव दर्ता गर्ने चर्चा चलाएको छ, जुन औचित्यहीन छ, जे जस्ता विषयमा संशोधन गरिँदैछ, त्यो जनताको अहितमा छ, यसबारे बैठकमा गम्भीर समीक्षा भयो”–उनले भने । रासस

प्रकाशित मिति: सोमबार, मंसिर ६, २०७३  ०७:१९
प्रतिक्रिया दिनुहोस्