site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले नेकपा एमालेलाई पनि विश्वासमा लिएर संविधान संशोधन प्रस्ताव दर्ता गर्न लागिएको बताएका छन् ।
संघीय गठबन्धनका नेताहरुसँग बुधबार बेलुका कांग्रेस संसदीय दलको कार्यालयमा भएको वार्तामा देउवाले यस्तो बताएका हुन् । कांग्रेसले गठबन्धनका नेताहरुसँग १५ दिन पर्खिदिन आग्रह गरेका थिए । १५ दिनभित्र संशोधन प्रस्ताव दर्ता गराउने आश्वासन कांग्रेसको थियो ।
बैठकपछि कांग्रेस सभापति देउवाले पत्रकारहरुसँग भने–“प्रचण्डसँग पनि कुरा भएको छ । संविधान संशोधनका लागि एमाले पनि सकारात्मक छ । एमालेलाई पनि विश्वासमा लिएर संविधान संशोधन गरौं भन्ने हाम्रो  आग्रह हो । एमालेले मान्दै मानेन भने पनि सरकारले संविधान संशोधन प्रस्ताव दर्ता गराउँछ ।”
गृहमन्त्री विमलेन्द्र निधिले पनि १५ दिन भित्रमा संविधान संशोधन प्रस्ताव दर्ता गराउने भन्दै समय माग गरेको बताए ।
“१५ दिन भित्रमा संविधान संशोधन प्रस्ताव दर्ता गराउँछौं,” निधिले भने, “पारित गर्न एमालेको पनि सहयोग आवश्यक हुन्छ, एमालेलाई पनि साथमा लिएर संशोधन प्रस्ताव अघि बढाउँछौं । एमालेले मान्दै मानेन भने पनि संशोधन प्रस्ताव रोकिँदैन ।”
संघीय समाजवादी फोरमका नेता अशोक राइले कांग्रेससँगको छलफल सकारात्मक भएको प्रतिक्रिया दिए ।
 
NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर १, २०७३  १९:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC