site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Nabil BankNabil Bank
मलेसियाबाट हुने १३ वटा उद्धार उडानको तालिका सार्वजनिक 
Sarbottam CementSarbottam Cement

काठमाडौं । मलेसियामा अलपत्र नेपालीहरुलाई स्वदेश फर्काउनका लागि उडान तालिका सार्वजनिक भएको छ । हालसम्म मलेसियाबाट ५ हजार ३८४ जना नेपालीहरुलाई नेपाल सरकार र कूटनीतिक नियोगहरुको सहयोगमा स्वदेश फिर्ता गरिएको छ । 

मलेसियामा अलपत्र परेका नेपालीहरुलाई लागि नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले उद्धार उडान गरिरहेका छन् भने केही उडान मालिन्दो एयरलाइन्सले समेत चाटर्ड उडान गरेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

मलेसियामा रहेको नेपाली दूतावासले सोमबारदेखि नै उडानको लागि तालिका सार्वजनिक गरेको हो । सोमबार मलेसियाको क्वालालाम्पुरबाट हिमालय एयरलाइन्सले उद्धार उडान भर्दैछ । मंगलबार मालिन्दो र हिमालय एयरलाइन्सले एक-एक उद्धार उडान गर्दैछ । 

२२ गते बिहीबार मालिन्दो एयरले एक-एक उडान गर्दै छन् भने शुक्रबार हिमालयन र मालिन्दो एयरले एकएक उडान भर्दैछन् । २४ गते शनिबार हिमालय एयरले एक र मालिन्दोले दुई उडानमार्फत मलेसियामा अलपत्र परेका नेपालीहरु स्वदेश ल्याउँदै छ । यस्तै, २५ र २६ गते हिमालय एयरले एक-एक उडान गर्दैछन् । 

Global Ime bank

कसरी हुँदैछ विदेशमा अलपत्र नेपाली श्रमिकको उद्धार ?

नेपाल र हिमालय एयरलाइन्सको आगामी दिनमा हुने उडानको भाडा ४५ हजार १०० रहेको छ भने मालिन्दोको भाडा ४२ हजार ७२२ रहेको दूतावासले जारी गरेको विज्ञप्तीमा जनाएको छ ।

सरकारले वैदेशिक रोजगारीमा गएका र अलपत्र परेका नेपालीहरुको उदारको लागि ७५ करोड छुट्याएको छ । गन्तव्य मुलुकको सरकार, रोजगारदाता, रोजगारीमा पठाउने इजाजतपत्रवाला वा अन्य स्रोतबाट समेत नेपाल फिर्ताको लागि हवाई टिकट र खर्च नपाएका कामदार श्रमिकलाई सरकारले उद्धार कार्य सुरु गरेको हो ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन १९, २०७७  १४:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय