site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रंगेलीमा २३४ केजी गाँजासहित पाँचजना पक्राउ
Tiktok banner adTiktok banner ad

विराटनगर । प्रहरीले मोरङको रंगेलीमा ठूलो परिमाणमा गाँजा बरामद गरी ओसार पसारमा संलग्न पाँचजनालाई पक्राउ गरेको छ ।

रंगेली नगरपालिका वडा नं.–२ चेकाखोलास्थित गहुँबारीमा पैदल यात्री भारत, अररिया जिल्ला ठिङ्गापुर पञ्चायत ६ कुवाडी बस्ने २९ वर्षीय दिपक झा र सोही जिल्ला हाँसा पञ्चायत बस्ने ३० वर्षीय सिन्टुककुमार सिंहले ल्याउँदै गरेको १५० केजी गाँजा बरामद गरेको हो । 

इलाका प्रहरी कार्यालय रंगेली र प्रहरी चौकी अमाहिवरियाती मोरङबाट खटिएको संयुक्त प्रहरी टोलीले गाँजासहित ती व्यक्तिलाई नियन्त्रणमा लिएको हो ।

प्रारम्भिक अनुसन्धानको क्रममा जिल्ला मोरङ रंगेली नगरपालिका वडा नं.–३ रन्जनी बस्ने वीरबहादुर कार्कीको घरमा गाँजा लुकाइछिपाइ राखेको खुल्न आएपछि खानतलासी गर्नेक्रममा थप ८४ केजी गाँजा फेला परेको थियो । 

गाँजा ओसारपसारमा संलग्न अन्दाजी ४६ वर्षका वीरबहादुर कार्की, भारत कुटहरा बस्ने अन्दाजी २४ वर्षका प्रवीण पासवान र भारत कटापुर बस्ने अन्दाजी २४ वर्षका विष्णुकान्त मिश्र पनि पक्राउ परेका छन् । दुवै स्थानमा गरी कूल २३४ केजी अवैध गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । 

पक्राउ परेकाहरुलाई जिल्ला अदालतबाट लागुऔषध कसूरमा सात दिन म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रञ्जनकुमार दाहालले जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १५, २०७९  १४:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro