site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सभ्यता जोगाए लिपुलेक, लिम्पियाधुरा पनि जोगाउन सकिन्छ : बालेन शाह
Tiktok banner adTiktok banner ad

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले भएका सभ्यताहरुको जगेर्ना गर्नेकुरा पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । 

बुधबारदेखि सुरु भएको न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले केन्द्रको सरकार नकिटिदिँदा स्थानीय सरकारलाई कतिपय काम गर्न असहज भएकाले केन्द्र सरकार टिकाउनुपर्ने बताए । 

महानगरले वाग्मती सभ्यता जोगाउन पहल गरिरहेको भन्दै सरकारले यसमा सहज बनाइदिनुपर्ने बताए । उनले पहिला भएका सम्पत्ति र सभ्यता जोगाउनसके लिपुलेक र लिम्पयाधुरा जोगाउन सकिने बताए । 

“केन्द्रको सरकार नकिटिदिँदा स्थानीय सरकारलाई असहज हुने गरेको छ । धेरैकुरा जोडिएको छ । वाग्मती सभ्यता जोगाउन खोज्दै छौँ,” उनले भने, “यो मान्छेभन्दा अघिको सभ्यता हो । त्यसको लागि हिजो मात्रै अनुरोध गरेका थिएँ, पहिला भएका सम्पत्ति जोगाऔँ । त्यसपछि लिपुलेक जोगाउँला, लिम्पयाधुरा पनि जोगाउँला ।”

मेयर साहले न्यायिक समितिले सरकार भनेको सिंहदरबारमा मात्रै नभएर पालिकापालिकामा छ भन्ने अनुभूति नागरिकलाई दिलाउन सक्नुपर्ने बताए । उनले न्याय भनेको केन्द्रमा मात्रै पालिका पालिकामा छ भन्ने कुरालाई वास्तविकतामा उतार्नपर्ने बताए । न्याय माग्न ११ दिन हिँडेर आउनुपर्ने अवस्थाको अन्त्य गर्न न्यायिक समितिले प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरे । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १५, २०७९  १२:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro