देश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय हितलाई केन्द्रमा राखेर काम गर्न महावाणिज्य तथा अवैतनिक महावाणिज्य दूतहरुलाई सझुाव दिएका छन् ।
बधाई दिन राष्ट्रपति निवास पुगेका उनीहरुलाई पौडेलले आपसी सम्बन्ध सुदृढ गर्दै राष्ट्रिय हितमा काम गर्न सुझाव दिएका हुन् ।
वाणिज्यदूतहरुका तर्फबाट माल्टाका लागि नेपाली महावाणिज्यदूत दिनेश श्रेष्ठले आर्थिक, सामाजिक, सांस्कृतिक सम्बन्ध सुदृढ गर्दै पर्यटन प्रवद्र्धनमा समेत आफूहरुले काम गर्दै आएको बताएका थिए ।
प्रकाशित मिति: बुधबार, चैत १५, २०७९ १२:४१
प्रतिक्रिया दिनुहोस्