site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
चिनियाँ चेतावनी : अमेरिकी सभामुखले ताइवानी राष्ट्रपतिलाई भेटे बदला लिन्छौँ
Sarbottam CementSarbottam Cement

काठमाडौं । अमेरिकी सभामुख केभिन म्याकार्थीले ताइवानकी राष्ट्रपति साई इङ्ग वेनलाई भेटेमा बदला लिने भन्दै चीनले बुधबार चेतावनी दिएको छ ।

आउँदो महिना अप्रिलमा ताइवानकी राष्ट्रपति साई इङ्ग वेनले संयुक्त राज्य अमेरिकाको भ्रमण गर्ने बताइएको छ । साईको अमेरिका भ्रमण ताइवानलाई छुट्टै देशको मान्यता दिने प्रयासको समर्थनका रुपमा हेरिएको रोयटर्सले लेखेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

यसअघि, गत वर्षको अगस्टमा तत्कालीन अमेरिका सभामुख न्यान्सी पेलोसीले ताइपेईको भ्रमण गरेपछि चीनले ताइवानको वरिपरि युद्धाभ्यास गरेको थियो । चीनले प्रजातान्त्रिक रूपमा शासित ताइवानलाई आफ्नो क्षेत्रका रूपमा दाबी गर्छ ।

ताइवानकी राष्ट्रपति साई बुधबार ग्वाटेमाला र बेलिजको यात्राको लागि प्रस्थान गर्ने बताइएको छ । यसै भ्रमणपछि उनको ट्रान्जिट न्युयोर्क र लस एन्जलस हुनेछ ।

Global Ime bank

आधिकारिक रूपमा पुष्टि नभए पनि उनले आफ्नो भ्रमणको अन्त्यमा क्यालिफोर्नियामा अमेरिकी सभामुख म्याकार्थीलाई भेट्ने अपेक्षा गरिएको छ ।

चीनको ताइवान मामिला कार्यालयकी प्रवक्ता झू फेंग्लियनले बेइजिङमा पत्रकारहरूसँग बोल्दै साईको अमेरिकाको ट्रान्जिट एयरपोर्ट र होटेलमा बस्ने मात्रै नभएर अमेरिकी अधिकारीहरू र सांसदहरूलाई भेट्नु भएको बताएकी छन् ।

“अमेरिकी सभामुख म्याकार्थीसँग उनको सम्पर्क छ भने यो अर्को उक्साहट हुनेछ, जसले एक चीन नीतिलाई गम्भीर रूपमा उल्लङ्घन गर्दछ । चीनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतालाई हानि पुर्‍याउँछ र ताइवान जलडमरू (दुई समुद्र जोड्ने सानो भाग जमिन)मा शान्ति र स्थिरता भंग गर्दछ,” उनले भनिन् ।

“हामी यसको विरोध गर्दछौँ र निश्चित रूपमा दृढतापूर्वक लड्न उपायहरू अपनाउनेछौँ,” चीनको ताइवान मामिला कार्यालयकी प्रवक्ता झूले अघि भनेकी छन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १५, २०७९  ११:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC