site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
प्रतीकात्मक तस्बिर।
Tiktok banner adTiktok banner ad

मकवानपुर । मकवानपुरको वाग्मती गाउँपालिका–८ साततले राजबास पुलमा आज बिहान मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

फापरबारीबाट हेटौँडातर्फ आउँदै गरेको बा२५प १९०८ नंको मोटरसाइकलले ठक्कर दिँदा वाग्मती–८ खजुरीदमारका ५० वर्षीय दिलबहादुर स्याङ्तानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका स्याङ्तानको उपचारका लागि हेटौँडा अस्पताल ल्याएकामा चिकित्सकले मृत घोषणा गरेका हुन् । स्याङ्तानको शव परीक्षणका लागि हाल हेटौँडा अस्पतालको शवगृहमा राखिएको छ । 

ठक्कर दिने मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको छ भने मोटरसाइकल चालक हाल फरार छन् । उनको खोजीकार्य हुनुका साथै घटनाका बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १५, २०७९  १०:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro