
काठमाडौं । ललितपुरमा आज भएको मोटरसाइकल दुर्घटनामा एक दम्पतीको मृत्यु भएको छ । उनीहरुकी छोरी गम्भीर भाइते भएकी छन् ।
ललितपुरको महांकाल गाउँपालिका–१ बुखेलस्थित सडकमा बा ३९ प ४८९९ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ आज दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको हो ।
मृत्यु हुनेमा मोटरसाइकल चालक वाग्मती गाउँपालिका–७ घर भइ महांकाल गाउँपालिका–१ बुखेल बस्ने ३५ वर्षीय विष्णुप्रसाद फुँयाल र मोटरसाइकलमा सवार उनकै श्रीमती ३४ वर्षीया सिर्जना फुँयाल रहेको प्रहरी प्रवक्ता पोषराज पोखरेलले जानकारी दिए ।
उक्त दुर्घटनामा गम्भीर घाइते भएकी उनीहरूकै छोरी पाँच वर्षीया सिर्जनालाई उपचारका लागि पाटन अस्पताल पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको छ । रासस