देश

काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार रहेका एकजना पक्राउ परेका छन् । नुवाकोट मेघाङ गाउँपालिका–५, टक्सार ठेगाना भएका ४३ वर्षीय तारा लाल विश्वकर्मालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
उच्च अदालत पाटनको २०७७ माघ ४ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा १५ दिन कैद र ४० लाख रूपैयाँ जरिवाना ठहर भएकोमा फरार थिए । फरार रहेका उनलाई केन्द्रीय अनुसन्धानब्युरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौंको सुन्धारबाट पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेसगरिएको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९ १९:१२
प्रतिक्रिया दिनुहोस्