देश

काठमाडौं । धादिङमा बलात्कार आरोपमा एकजना पक्राउ परेका छन् ।
४७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा गजुरी गाउँपालिका–२, चाम्बासका २१ वर्षीय आइतमान तामाङलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
तामाङले ती महिलालाई बलात्कार गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरिएको जनाइएको छ ।
प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९ १८:११
प्रतिक्रिया दिनुहोस्