site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
आवश्यक न्यायाधीश नहुँदा न्याय सम्पादनमा कठिनाइ भयो : सर्वोच्च अदालत
Ghorahi CementGhorahi Cement

काठमाडौं । सर्वोच्च अदालतले न्यायाधीशको दरबन्दी रिक्त हुँदा सेवाग्राहीलाई समयमै न्याय दिन नसकेको बताएको छ ।

मंगलबार सर्वोच्च अदालतले पत्रकार सम्मेलन गर्दै सर्वोच्च अदालतमा न्यायाधीशको आवश्यक दरबन्दी नहुँदा न्याय सम्पादनमा कठिनाइ भएको बताएको हो ।

Agni Group

पत्रकार सम्मेलनमा बोल्दै सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले न्यायाधीशको दरबन्दी २१ जनाको भएपनि विगत ६ महिनादेखि १६ जना मात्रै न्यायाधीश कार्यरत रहेको बताए । "दरबन्दी नहुँदा सेवाग्राहीहरूलाई समयमै न्याय निरुपण गर्न सकिएको छैन," उनले भने ।

उनले पेसीको व्यवस्थापन गर्दा भने २१ जना न्यायाधीशलाई नै लक्षित गरेर समूह बनाउने गरिएको भन्दै न्यायाधीश संख्या पर्याप्त नहुँदा सेवाग्राहीहरूलाई कठिनाइ महसुस भएको बताए ।

Global Ime bank

प्रवक्ता पौडेलले प्रधानन्यायाधीश र न्यायाधीशहरूको नियुक्ति नहुँदा समग्र मुद्दा व्यवस्थापन र अदालतको कार्य सम्पादनमा अवरोध सिर्जना भएकाले यसतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गराए ।

प्रवक्ता पौडेलले सर्वोच्च अदालतमा ३६ हजार ५०० भन्दा बढी मुद्दाको लगत रहेको जानकारी दिए । उनले चालु आर्थिक वर्षमा मात्रै ६ हजार ३०० भन्दा बढी मुद्दा दर्ता भएको बताए । जसमध्ये ७ हजार ७०० भन्दा बढी मुद्दाको फछर्यौट भइसकेको र २८ हजार ८५२ थान मुद्दा फछर्यौट हुन बाँकी रहेको बताए ।

उनले चालु आर्थिक वर्षमा मात्रै प्रति इजलास करिब ९०० मुद्दा फछर्यौट भइसकेको जानकारी गराए । मुद्दाको सुनुवाइ सामान्यतया दुईजना सम्मिलित संयुक्त इजलासबाट हुने गरेको उनले स्पष्ट पारे ।

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९  १७:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC