
काठमाडौं । विश्व स्वास्थ्य दिवस नर्भिक इन्टरनेसनल हस्पिटलले प्रोस्टेट ग्रन्थीको समस्या भएका बिरामीलक्षित विशेष अभियान सञ्चालन गर्ने भएको छ ।
चैत २५ गते शनिबारको दिन पारेर नर्भिकले विशेष छुटसहितको वृहत निःशुल्क जनचेतनामूलक कार्यक्रम आयोजना गर्ने भएको हो । यो कार्यक्रममा सहभागी हुनेहरूलाई निःशुल्क यूरिन डिपस्टिक टेस्टको व्यवस्थासमेत गरिएको अस्पतालले जनाएको छ ।
साथै, प्रोस्टेटसम्बन्धी समस्याबाट पीडितको उपचारका लागि अस्पतालमा उपलब्ध प्याकेजमा ३० प्रतिशत छुटको स्किम छ भने प्रोस्टेट स्पेसिफिक एन्टीजेन (पीएसए)को परीक्षण शुल्कमासमेत १५ प्रतिशत छुट उपलब्ध हुनेछ ।
कार्यक्रम बिहान ८ बजेदेखि अस्पतालको नर्सिङ ट्रेनिङ हलमा आयोजना हुनेछ ।
प्रोस्टेट ग्रन्थीका बिरामीले विश्व स्वास्थ्य दिवसको अवसर पारेर सार्वजनिक हेल्थ प्याकेज तथा जाँचमा छुटको सुविधा लिन तथा निःशुल्क जनचेतनामूलक कार्यक्रममा सहभागी हुन अनलाइनबाट नाम दर्ता गर्नुपर्नेछ ।
यो लिंकमा गएर अनलाइन दर्ता गर्न सकिनेछ :
https://docs.google.com/forms/d/e/1FAIpQLSdHQQHZxdAQmv9VGo33YxAo1zrT3Vl9M-fFk0fyc2PcnC1OYw/viewform