site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मोरङबाट २३४ किलो लागुऔषध गाँजासहित पाँचजना पक्राउ
प्रतीकारात्मक तस्बिर।
Tiktok banner adTiktok banner ad

काठमाडौं । प्रहरीले मोरङका विभिन्न स्थानबाट गरी २३४ किलो लागुऔषध गाँजा बरामद गरेको छ । गाँजासहित पाँचजनालाई पक्राउ गरेको छ ।  

मोरङको रंगेली नगरपालिका–२, चेका खोलास्थित बाँसघारीबाट १५० किलो अवैध लागुऔषध गाँजासहित दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा भारत अररिया ठिंगापुर पञ्चायत–६ कुवाडी बस्ने २९ वर्षीय दिपक झा र भारत अररिया हाँसा पञ्चायत बस्ने ३० वर्षीय  सिन्टुककुमार सिंह रहेका छन् । उनीहरु गएराति पक्राउ परेका हुन् ।

प्रहरी चौकी अमाहिवरियाती र इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त परिमाणको गाँजासहित फेला पारी पक्राउ गरेको हो ।

अनुसन्धानको क्रममा रंगेली नगरपालिका–३, रंजनी बस्ने ४६ वर्षीय वीरबहादुर कार्कीको घर नजिक रहेको बाँसघारीमा लुकाइ राखेको अवैध लागुऔषध गाँजा करिब ८४ किलो फेला पारी पारिएको छ ।

वीरबहादुर कार्की, भारत कुटहरा बस्ने २४ वर्षीय प्रविण पासवान र भारत कटापुर बस्ने २४ वर्षीय विष्णुकान्त मिश्रलाई प्रहरीले पक्राउ गरेको हो ।

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९  १६:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro