site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
धरौटीमा छुटे प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने तीन युवक
फाइल तस्बिर।
Tiktok banner adTiktok banner ad

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डविरुद्ध नाराबाजी गर्ने तीन युवक प्रतिव्यक्ति पाँच हजार रुपैयाँ धरौटीमा रिहा भएका छन् । 

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी देवी पाण्डे खत्रीका अनुसार अघिल्लो साता पक्राउ परेका तीनैजनाले प्रशासनमा धरौटीबापतको रकम बुझाएर रिहा भएका हुन् ।

गत मंगलबार बानेश्वरस्थित एक कार्यक्रममा सोलुखुम्बुका उद्धव बस्नेत, बझाङका १८ वर्षीय विप्लव खड्का र बाग्लुङका सोम शर्मा प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको भन्दै पक्राउ परेका थिए ।

तीनैजनाविरुद्ध अभद्र व्यवहारमा मुद्दा चलाइएको छ । उनीहरुलाई शुक्रबार प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले पाँच हजार धरौटीमा रिहा गर्न आदेश दिएका थिए । सोहीअनुसार सोमबार धरौटीबापत रकम बुझाएर उनीहरु छुटेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९  १३:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro