देश

कलैया । बाराको सिम्रौनगढमा आज बिहान भएको आगलागीबाट ६ घरगोठ जलेर नष्ट भएको छ ।
सिम्रौनगढ नगरपालिका–२, रानीवास बजारमा लागेको आगलागीबाट करिब १० लाख रुपैयाँबराबरको क्षति भएको इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षक सुरेन्द्र साहले जानकारी दिए ।
रामप्रित हाजराको घुरबाट सल्केको आगोले रामसुरत हाजरा, लालबाबु पासवान, राजेश पासवान, रमेश पासवान र गगनदेव पासवानको घरगोठ जलेर नष्ट भएको वडाध्यक्ष अरबिन्द मुखियाले जानकारी दिए ।
आगोले नगद, अन्नपात, लत्ताकपडालगायत घरमा रहेका सामग्री पूर्ण रूपमा जलेको छ । बिहान ३ बजेदेखि लागेको आगो एक घण्टापछि प्रहरी र दमकलको सहयोगमा निभाइएको थियो । रासस
प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९ ०९:५०
प्रतिक्रिया दिनुहोस्