site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
पुरातात्विक सम्पदाको संरक्षण गर्न ‘तिलौराकोट–कपिलवस्तु सम्पदा उत्सव’
Sarbottam CementSarbottam Cement

बुटवल  । प्राचीन शाक्य गणराज्यको राजधानी कपिलवस्तुका पुरातात्विक सम्पदाहरूको संरक्षण र प्रचारप्रसार गर्ने उदेश्यले सोमबार ‘तिलौराकोट–कपिलवस्तु सम्पदा उत्सव’ गरिएको छ ।

लुम्बिनी विकास कोष, पुरातत्व विभाग, युनेस्को लगायतका संस्थाको संयुक्त आयोजनामा तिलौराकोटमा सम्पदा उत्सव गरिएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

उक्त अवसरमा बोल्दै प्रतिनिधिसभा सदस्य अमृता अग्रहरीले बुद्धको गृहनगर प्राचिन कपिलवस्तुका पुरातात्विक सम्पदाको उत्खनन् चाँडो गर्न आग्रह गरिन् । बुद्धले २९ बर्ष बिताएको कपिलवस्तु पछाडि परेको बताउँदै यसको विकासमा लागिपर्ने बताइन् ।

यस्तै, कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य सुधाकर पाण्डेयले तिलौराकोटलाई जतिसक्दो चाँडो विश्व सम्पदा सूूचीमा सूचीकरण गर्न पुरातत्व विभाग र लुम्बिनी विकास कोषलाई आग्रह गरे । उनले कपिलवस्तुमा सयौं उत्खनन गर्नुपर्ने सम्पदा रहेको तर, उत्खनन् हुन नसकेको बताए ।

Global Ime bank

प्रदेशसभा सदस्य अर्जुन केसीले कपिलवस्तुमा निकै सुुस्त गतिमा उत्खनन् हुँदा पुरातात्विक सम्पदाहरू विनास हुने खतरामा रहेको बताए । उनले पुरातत्व विभागलाई उत्खनन् गर्ने जनशक्ति उत्पदानमा ध्यान दिन आग्रह गरे ।

कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तय (अवधेकुमार त्रिपार्ठील तिलौराकोटलाई आगामी सन् २०२४ मा विश्वसम्पदा सूचीमा सूचिकरण गर्नका लागि प्रस्ताव पेस गर्नेगरी तयारी गरिएको बताए । उनले कपिलवस्तुको विकासका सवालमा लुम्बिनी विकास कोषले गुरुयोजना तयार पारेर केहि महिनामा सार्वजनिक गर्ने र त्यसैका आधारमा विकासको गति अगाडि बढ्ने बताए ।

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १३, २०७९  १९:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC