देश

काठमाडौं । औषधि व्यवस्था विभागले ३६ वटा नयाँ औषधि दर्ता गर्ने भएको छ ।
स्वदेशी र विदेशी उद्योगका उत्पादन गरी ३६ वटा नयाँ औषधि दर्ता गर्न लागिएको विभागका सूचना अधिकारी सन्तोष केसीले जानकारी दिए ।
औषधि सल्लाहकार समितिको २०७९ पुस १२ गतेको बैठकले १८ वटालाई प्रक्रिया पुर्याई दर्ता गर्न परामर्श दिने निर्णय गरेको थियो ।
नेपाल औषधि उत्पादक संघका महासचिव विप्लव अधिकारीका अनुसार नेपालमा माग भए पनि बजार अनुमति नपाएका औषधिलाई बजारमा ल्याउन लागिएको हो । अनुमति पाउनेमा क्यान्सर, मधुमेह, पिसाबसम्बन्धी समस्या लगायतको उपचारमा प्रयोग हुने औषधिहरू छन् ।
यी हुन् नयाँ दर्ता हुने औषधि
प्रकाशित मिति: सोमबार, चैत १३, २०७९ १७:१५
प्रतिक्रिया दिनुहोस्