site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ग्रीसका लागि गैरआवासीय राजदूतमा रेग्मी
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपालका तर्फबाट ग्रीसका लागि गैरआवासीय राजदूत पदमा भरतकुमार रेग्मीलाई नियुक्त गरिएको छ । उनी नेपालका तर्फबाट अष्ट्रियाका लागि आवासीय राजदूत हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले रेग्मीलाई ग्रीसका लागि समेत गैरआवासीय राजदूत पदमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

“राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम अष्ट्रियाका लागि नेपालको आवासीय राजदूत श्री भरतकुमार रेग्मीलाई ग्रीसका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ,” राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १३, २०७९  १७:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro