site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
चितवनका ३३ स्थानमा आगलागी, ६ जना घाइते
फाइल तस्बिर
Sarbottam CementSarbottam Cement

चितवन । जिल्लाका विभिन्न स्थानमा आगलागी हुँदा ६ जना घाइते भएका छन् । चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा भएको आगलागीमा परी उनीहरु घाइते भएका हुन् ।

चालु आवमा जिल्लामा ३३ स्थानमा आगलागी भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कार्यालयको तथ्यांकअनुसार विभिन्न स्थानमा भएको आगलागीमा अधिकांश मानवीय त्रुटिका कारण भएको देखिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

कार्यालयको विपद् व्यवस्थापन शाखाका अनुसार गत आवमा जिल्लामा ४४ स्थानमा आगलागी हुँदा दुई जनाको मृत्यु भएको थियो भने ११ जना घाइते भएका थिए । आगलागीको समय सुरु हुन लागेकाले सबैलाई सजग रहन प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले अनुरोध गरे । उनले जिल्लामा अहिले आपत्कालीन कार्ययोजना निर्माणको काम भइरहेको जानकारी दिए ।  

उनले भने “सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा डिभिजन वन कार्यालय, सुरक्षा निकायका सबै अंग, सामुदायिक वन महासंघ, रेडक्रसजस्ता संस्थाको सहभागितामा कार्ययोजना निर्माणको काम भइरहेको छ ।” 

Global Ime bank

चैत १५ गतेसम्म कार्ययोजना तयार हुने जनाउँदै उनले यो कार्यान्वयनमा आएसँगै आगलागीबाट हुने क्षति न्यूनीकरण गर्न सहज हुने बताए । 

गर्मी मौसम बढेसँगै विभिन्न कारणले आगलागी हुने गरेकाले यसको नियन्त्रणका लागि जनचेतना महत्वपूर्ण हुने उनको भनाइ छ । स्थानीय प्रशासनले जिल्लामा रहेका सात पालिकालाई नै जनचेतनाका कार्यक्रमका लागि आग्रह गरिएको उनले जानकारी दिए ।  

उनले भने पूर्वतयारी गरिरहेका बताएका छन् । पालिकामा रहेका दमकल, एम्बुलेन्स र सुरक्षा निकायलाई तयारी अवस्थामा रहन भनिएको जानकारी दिए । मौसममा आएको परिवर्तनसँगै हुने हावाहुरी, डढेलो र चट्याङ जस्ता कारणले आगलागी बढी हुने गरेको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत ११, २०७९  १३:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC