साहित्य

नबोलेमा एउटा कुरा बोले हजार हुन्छ यहाँ,
चुँक्क केही नबोल्दा’नि गफकै बजार हुन्छ यहाँ ।
भनेको कुरा, सुनेकै कुरा बुझिनँ, सुनिनँ भन्नेहरू,
नोबेलेको कुरामा चाहिँ अर्थ बुझ्नै हतार हुन्छ यहाँ ।
कुरा, गफमा हरकोही चिनीमाथि मह भर्छन्
आपत् पर्दा तर ती सब, निमकै अचार हुन्छ यहाँ ।
सपनाको हरियाली जंगल घना, हराभरा चारैतिर,
बिउँझी हेर्दा मरुभूमि साउदी, कतार हुन्छ यहाँ ।
व्यवहार त स्वार्थ हेरी, बाँसकै घाँसमा चढाउने,
बाझिएमा स्वार्थ झाङै काट्ने पतार हुन्छ यहाँ ।
प्रकाशित मिति: शनिबार, चैत ११, २०७९ ०६:१३
प्रतिक्रिया दिनुहोस्