site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कोसी प्रदेशको विजयी सुरुआत 
Tiktok banner adTiktok banner ad

काठमाडौं । ललितपुर मेयर महिला च्याम्पियनसिपमा कोसी प्रदेशले विजयी सुरुआत गरेको छ । कोसीले शुक्रबार आफ्नो पहिलो खेलमा आयोजक ललितपुर मेयर्स–११ विरुद्ध सात विकेटको जित निकाल्यो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ललितपुरले प्रस्तुत गरेको ६५ रनको लक्ष्य कोसीले १२ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो । त्यसअघि टस जितेर ब्याटिङमा आएको ललितपुरले १६.५ ओभरमा सबै विकेट गुमाएर ६५ रनको योगफल खडा गरेको थियो ।

कोसीको जितमा अप्सरी बेगमले २९ रन बनाइन् । कप्तान रुविना क्षेत्रीले १३ र स्मृती कटुवालले नौ रन जोडे । ललितपुरकी अस्मिना कमार्चायले दुई, कृतिका मरासिनीले एक विकेट लिए । 

त्यसअघि ललितपुरकी ओपनर लक्ष्मी चौधरीले २३ रन बनाएकी थिइन् । मनिषा उपाध्यायले १० रन जोड्नुबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

ललितपुरलाई सस्तैमा समेट्न कोसीकी निशा साहले तीन विकेट लिइन् । चार ओभर बलिङ गरेकी निशाले ११ रन खर्चिइन् । अप्सरी बेगमले दुई विकेट लिँदा सबनम राई र अलिशा खाडियाले समान एक विकेट लिए । 

प्रतियोगितामा कोसीको यो पहिलो खेल हो । यता, ललितपुरको भने प्रतियोगितामा यो लगातार दोस्रो हार हो । ललितपुर यसअघि प्रतियोगिताको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशसँग ५० रनले पराजित भएको थियो ।

प्रतियोगितामा सुदूरपश्चिम, एपीएफ क्लब, मधेस प्रदेश, कोसी प्रदेश र आयोजक ललितपुर मेयर्स–११ गरी पाँच टिमको सहभागिता छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत १०, २०७९  १७:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro