site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
इन्डो–नेपाल क्रिकेटको उपाधि बीसीसीए नेपालले जित्यो 
Sarbottam CementSarbottam Cement

विराटनगर । विराटनगरमा जारी प्रथम रेडमन्ड इन्डो–नेपाल मैत्रीपूर्ण महिला टी–२० क्रिकेट प्रतियोगिताको उपाधि घरेलु टोली विराटनगर क्रिकेट क्लब एन्ड एकाडेमी (बीसीसीए) ले जितेको छ । 

तीन खेलको टी–२० क्रिकेट प्रतियोगितामा भारतको अल इन्डिया वुमन टी–२० क्रिकेट एसोसिएनलाई सोमबार ४९ रनले पराजित गरी २–१ ले शृङ्खलामा बीसीसीएले कब्जा गरेको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

पहिलो खेलमा भारतलाई ९ विकेटले पराजित गरेको बीसीसीए टोली आइतबार भएको खेलमा ६ विकेटले पराजित भएको थियो । अब मंगलबार ३० ओभरको एक खेल खेल्न बाँकी छ ।

नेपाल क्रिकेट फाउन्डेसनको आयोजनामा विराटनगर–६ मा रहेको मेल्बन ज्वाला विराटनगर क्रिकेटको खेल मैदानमा टस हारेर ब्याटिङ गरेको विसिसिएले निर्धारित २० ओभरमा तीन विकेट गुमाई १३७ रनको विशाल स्कोर बनाएको थियो । 

Global Ime bank

घरेलु टोलीका लागि सम्झना खडकाले नटआउट ५५ रन बनाउँदा कविता जोशी पनि ११ रनमा नटआउट भइन् । त्यस्तै नेपाली राष्ट्रिय टोलीकी कप्तान रुविना क्षेत्री ५१ रन बनाएर आउट भइन् । भारतकी कप्तान रितु भोस्लले, रिना रानी र निधि भाग्यसियाले १–१ विकेट लिए ।  

जवाफमा १३८ रनको लक्ष्य पछ्याएको भारतीय महिला टोलीले पूरै ओभर खेल्दै ७ विकेट गुमाए ८८ रनमा सीमित भयो ।  भारतकी अरपिताले नटआउट ३७ बनाउँदा निधि भाग्यसियाले नटआउट १७ रन बनाइन्  ।

बीसीसीएकी कप्तान रुविना क्षेत्री, सवनव राई, कविता जोशी र अस्मीता कर्मचार्यले समान १–१ विकेट लिइन् । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ६, २०७९  २१:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC