site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पछिल्लो १४ महिनामा ६ हात्ती मार्ने तीनजना पक्राउ
Tiktok banner adTiktok banner ad

दार ए सलाम । ताञ्जानियाको एक राष्ट्रिय निकुञ्जमा गएका १४ महिनामा ६ ओटा हात्ती मरेका छन् । ती हात्ती मरेको नभएर मारिएको पाइएको छ र हात्ती मारेको आशंकामा तीनजनालाई पक्राउ पनि गरिएको छ ।

ताञ्जानियाको सो राष्ट्रिय निकुञ्जमा गएको १४ महिनाको अवधिमा ६ ओटा हात्ती मारिएका र त्यसयमा तस्करको हात रहेको अनुसन्धानबाट खुलेको थियो ।

सो राष्ट्रिय निकुञ्जमा सन् २०२२ को जनवरीदेखि सन् २०२३ को फेब्रुअरीसम्म ती हात्ती मारिएका थिए । सो निकुञ्जका संरक्षण अधिकृतले उक्त कुराको जानकारी दिएका हुन् । 

उनले गएको १४ महिनाको अवधिमा हात्ती मारिएको घटनामा संलग्न भएको आशङ्कामा तीनजना तस्करलाई पक्राउ गरिएको पनि जानकारी दिए ।

उनीहरुले प्रहरीले गत फेब्रुअरी २८ मा नियन्त्रणमा लिएको र अनुसन्धान थालेको जानकारी पनि उनले दिए । उता यहाँको प्रशासनले एकै निकुञ्जमा यति धेरै हात्ती मार्नसक्ने गरी घटना हुनुको पछाडिको अनुसन्धानका लागि पनि टोली गठन गरेको जनाएको छ ।

निकुञ्जका हात्ती तथा अन्य जनावरको सुरक्षा र संरक्षणका लागि यहाँको वन तथा वन्यजन्तुसम्बन्धी प्रशासनले आवश्यक नीति निर्माणका लागि सबैको ध्यानाकर्षण पनि गराएको छ । रासस/सिन्ह्वा

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन २१, २०७९  १५:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro