site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बंगलादेशको अक्सिजन प्लान्टमा विस्फोट, ६ जनाको मृत्यु 
Tiktok banner adTiktok banner ad

काठमाडौं । बंगलादेशको अक्सिजन प्लान्टमा शनिबार विस्फोट हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ । 

दक्षिणपूर्वी बंगलादेशको अक्सिजन प्लान्टमा विस्फोट भएपछि केही घाइते भएको अधिकारीहरूले बताएका छन् ।

दक्षिणपूर्वी बन्दरगाह सहर चटगाउँबाट ४० किलोमिटर (२५ माइल) टाढा रहेको सीताकुण्डमा रहेको प्लान्टमा उद्धार कार्य जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने त्यहाँका अधिकारीहरुले बताएका छन् । 

विष्फोट के कारणले भएको हो भन्ने खुल्न नसकेको फायर सर्भिसका एक अधिकारीले बताए । स्थानीय सरकारी अधिकारी शाहदत हुसेनले भने, “घटनास्थलबाट ६ वटा शव फेला परेका छन् । उद्धार कार्य जारी छ ।”

प्रहरी अधिकारी नयहानुल बारीले प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै भने, “दुई किलोमिटरसम्मको क्षेत्रलाई हल्लाउने ठूलो आवाज सुनिएको थियो ।” रोयटर्स
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन २१, २०७९  १०:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro