site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
इन्डोनेसियाको इन्धन डिपो विस्फोटमा मृत्यु हुनेको संख्या १७ पुग्यो
Sarbottam CementSarbottam Cement

जकार्ता । जकार्ताको उत्तरी भागमा शुक्रबार राति भएको इन्धन भण्डारण विस्फोटमा परेर मृत्यु हुनेको सङ्ख्या १७ पुगेको छ । 

जकार्ता डिजास्टर मिटिगेसन एजेन्सी (बीपीबीडी)का कार्यवाहक प्रमुख मुहम्मद रिदवानले घटनामा घाइते हुनेको सङ्ख्या ५१ पुगेको र तिनीहरूको हाल राजधानीका विभिन्न अस्पतालमा उपचार भइरहेको जानकारी दिए । 

Prabhu Bank
Agni Group
NIC Asia

उत्तरी जकार्ताको प्लुम्पाङस्थित सरकारी तेल कम्पनी पर्टामिनाको इन्धन भण्डारण स्टेसनमा शुक्रबार राति करिब ८ः०० बजे विस्फोट भएको थियो । सो विस्फोटनबाट स्टेसन नजिकैका बासिन्दा आगो फैलिने त्रासले घर छाडेर भागेका थिए ।

उक्त आगो निभाउन ५० भन्दाबढी दमकल र २६० भन्दाबढी अग्निनियन्त्रक खटाइएको थियो । करिब ६ घण्टा लामो प्रयासपछि आगो निभाउन सफल भएको बताइएको छ ।

Global Ime bank

विस्फोटले यस क्षेत्रका एक हजारभन्दा बढी बासिन्दालाई प्रत्यक्ष असर गरेको थियो । प्रभावितलाई अहिले नजिकैको अस्थायी आश्रयस्थलमा सारिएको छ । 

उक्त घटनामा आठजना बेपत्ता भएका बताइएको छ । घटनामा अन्य सम्भावित पीडितको खोजी गर्न उद्धारकर्ता अझै पनि घटनास्थलमा परिचालित छन् । रासस/सिन्ह्वा

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन २०, २०७९  १५:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC