site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
फेरि बलियो बन्दै पाकिस्तानी रुपैयाँ 
Tiktok banner adTiktok banner ad

इस्लामावाद । अमेरिकी डलरको तुलनामा पाकिस्तानी रुपैयाँ शुक्रबार केही बलियो देखिएको छ । लगातार ठूलो गिरावट आएपछि शुक्रबार अन्तरबैंकमा २७८.४६ रुपैयाँमा कारोबार भइरहेको स्टेट बैंक अफ पाकिस्तानले जनाएको छ।

बिहीबार अमेरिकी डलर २८५.०९ रुपैयाँमा कारोबार बन्द भएको थियो । साताको अन्तिम दिन अमेरिकी डलरको तुलनामा स्थानीय मुद्राको भाउ ६.६३ रुपैयाँ अर्थात २.३८ प्रतिशतले बढेको छ ।

सिन्ह्वासँग कुरा गर्दै पाकिस्तानी वाणिज्य बैंक सिल्क बैंकका ट्रेजरी प्रमुख रेहान अतीकले अघिल्लो सत्रमा ग्रिनब्याकको मूल्यमा भएको व्यापक वृद्धिले निर्यातकर्ताहरूलाई आफ्नो डलर बजारमा बेच्न प्रोत्साहित गरेको र त्यस कदमबाट स्थानीय मुद्रामा सुधार आएको बताए ।

पाकिस्तानको विदेशी मुद्रा संघका प्रमुख मलिक बोस्तानका अनुसार बजारमा देकिएको अस्थिर प्रवृत्तिको मुख्य कारण पाकिस्तानको अन्तरराष्ट्रिय मुद्रा कोष कार्यक्रमको वरिपरि बढ्दै गएको अनिश्चितता नै हो । रासस/सिन्ह्वा

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन २०, २०७९  १५:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro