site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
स्पेनी प्रधानमन्त्रीद्वारा फेरोभियलको कदमको निन्दा
Sarbottam CementSarbottam Cement

हेलसिंकी । स्पेनका प्रधानमन्त्रीले शुक्रबार निर्माण कम्पनी फेरोभियलले आफ्नो मुख्यालय नेदरल्यान्ड्समा सार्ने योजनाको निन्दा गर्दै करको आवश्यक हिस्सा तिर्न नचाहेको आरोप लगाएका छन् । 

स्पेनको सबैभन्दा ठूलो कम्पनीमध्ये एक फेरोभियलको सो निर्णयले मे महिनामा हुन गइरहेको क्षेत्रीय चुनाव र यस वर्षको अन्त्यमा हुने आम चुनाव अघि स्पेनमा ठूलै राजनीतिक तुफान ल्याएको टिप्पणी भएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

कम्पनीले यस्तो कदमले सस्तो क्रेडिटमा पहुँच दिने र संयुक्त राज्य अमेरिकामा योजनाबद्ध स्टक सूचीकरण अघि इक्विटी लगानीकर्ताहरूलाई थप आकर्षक बनाउने भन्दै यसबाट स्पेन वा अन्य ठाउँमा यसको सञ्चालनलाई कुनै असर नपर्ने जनाएको छ । 

तर, स्पेनी सरकारले कर्पोरेट आय र लाभांशमा फाइदा लिन फेरोभियलले यस्तो गरेको बताउँदै आएको छ । उता फेरोभियलका अर्बपति अध्यक्ष राफेल डेल पिनोले समाजवादी प्रधानमन्त्री पेड्रो सान्चेज र उनको वामपन्थी गठबन्धनको आलोचना गरेका छन् । 

Global Ime bank

सान्चेजको सरकारले ठूला बैंकहरू र ऊर्जा फर्महरूको “असाधारण“ नाफामा बढेको सार्वजनिक कोषमा विन्डफल कर लगाएर केही व्यापारी नेताहरूलाई तर्साएको टिप्पणी हुने गरेको छ ।

करिब २० प्रतिशत फेरोभियलमा नियन्त्रण भएका ६४ वर्षीय डेल पिनो स्पेनका तेस्रो धनी व्यक्ति हुन् । फोब्र्सका अनुसार उनको ४.५ अर्ब डलर सम्पत्ति छ । 

सन् १९५२ मा म्याड्रिडमा स्थापित, फेरोभियलले लन्डनको हिथ्रो एयरपोर्टसमेत सञ्चालन गर्दछ । यसको टोल रोड डिभिजनले अष्ट्रेलिया, क्यानडा र संयुक्त राज्य अमेरिकामा विभिन्न परियोजनाहरू सञ्चालन गरिरहेको छ । रासस/एएफपी

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन १९, २०७९  २३:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC