site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‍‍‍‍जी–२० का विदेशमन्त्रीहरूलाई मोदीको सन्देश– विश्वव्यापी शासन व्यवस्था फेल भइसक्यो
Tiktok banner adTiktok banner ad

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी शासन व्यवस्था पूर्ण रूपमा फेल भएको बताएका छन् ।

नयाँ दिल्लीमा जारी जी–२० देशका विदेशमन्त्रीहरूको बैठकलाई सम्बोधन गर्दै मोदीले अहिले विश्वभर नै गहिरो मतभेद रहेको बताए । 

एक भिडियो सन्देशमा मोदीले भनेका छन्, "पछिल्ला केही वर्षदेखि हामी अर्थतन्त्रको संकट, जलवायु परिवर्तन, महामारी, आतंकवाद र युद्धजस्ता चुनौतीको सामना गरिरहेका छौँ । जसले स्पष्ट रूपमा विश्वव्यापी शासन व्यवस्था असफल भएको देखाउँछ ।"

उनले देशहरू विभाजनभन्दा पनि एकतामा केन्द्रित हुनुपर्नेमा जोड दिए ।

उनले विश्वका विभिन्न मुद्दामा फरकफरक दृष्टिकोण र मदभेद भएपनि अग्रणी अर्थव्यवस्था भएका जी–२० का मुलुकले अन्य देशको अवस्थाबारे पनि चासो राख्नुपर्ने बताए ।

जारी बैठकमा युक्रेन युद्धले सबैभन्द बढी प्राथमिकता पाएको छ । भारतले नचाहेपनि पश्चिमा राष्ट्रहरूले युक्रेन युद्धलाई प्राथमिकतामा राखेका हुन् ।

भारतीय सञ्चारमाध्यमको सहयोगमा ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १८, २०७९  १७:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro