site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
मलेसियामा फेरि भीषण बाढी
Sarbottam CementSarbottam Cement

क्वालालम्पुर । मलेसियामा फेरि भीषण बाढी आएको छ । गाउँ–सहर जलमग्न भएका छन् । उद्धारकर्ताहरूले घरको छतबाट पीडितलाई सुरक्षित स्थानमा पुर्‍याएका छन् ।

बिहीबार बिहानसम्म बाढीबाट एकजनाको मृत्यु भएको उद्धारकर्ताले बताएका छन् । बाढीले कार बगाउँदा उनको मृत्यु भएको हो । २६ हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

दक्षिणी जोहोर राज्य र छिमेकी सिंगापुर सबैभन्दा बढी प्रभावित भएका छन् । बुधबारको अविरल वर्षाले समस्या थपिएको छ । देशका पाँच राज्य बाढीको चपेटामा परेका छन् । सरकारी अधिकारीहरूका अनुसार विद्यालय र सामुदायिक भवनमा पीडितलाई सारेर राहतका कार्यक्रम सञ्चालन गरिएको छ ।

गएको नोभेम्बरमा बाढीबाट पीडित भएको मलेसियामा पुनः बाढीले जनजीवन तहसनहस पारेको छ । मौसम विज्ञान विभागले आउँदो अप्रिलसम्म वर्षा हुने जनाउँदै सबैलाई सचेत र सतर्क रहन आह्वान गरेको छ ।

Global Ime bank

जोहोर राज्यका सडक जलमग्न भएका छन् । केहीमा क्षति पनि भएको छ । सामाजिक सञ्जालमा पोस्ट गरिएका तस्बिरमा सवारीसाधन, घर र पसल डुबेका देखिन्छन् । राष्ट्रिय बाढी प्रकोप नियन्त्रण निकायले पोस्ट गरेका तस्बिरमा बालबालिकालाई बाल्टिनमा बोकेर सुरक्षित स्थानमा लगिएको देखिन्छ ।

देशका २५ नदीमा पानीको सतह खतराको तहमा पुगेको उक्त निकायले जनाएको छ । रासस/एपी

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १८, २०७९  १६:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !