site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सैनिक कारबाहीमा चार विद्रोही मारिए
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

मनिला । मध्य फिलिपिन्समा राष्ट्रिय सेनाले गरेको कारबाहीमा चारजना संदिग्ध विद्रोही मारिएका छन् । नेग्रोस ओक्सीडेन्टल प्रान्तको एक सहरको बाहिरी भागमा बुधबार गरिएको कारबाहीमा उनीहरू मारिएका सैनिक प्रवक्ताले आज बताएका हुन् । 

कर्णेल जोरी बाक्लोरका अनुसार सेनाले  ग्रेनेड लन्चर, एक ४७ राइफललगायत विभिन्न हातहतियार पनि बरामद गरेको छ । मारिएकाहरू न्यू पिपल्स आर्मी (एनपीए) का सदस्य भएको आशङ्का गरिएको छ । 

सन् १९६९ देखि एनपीए विद्रोहीहरू सरकारविरुद्ध संघर्ष गर्दै आएका छन् । उक्त समूहले ग्रामीण क्षेत्रमा आक्रमण केन्द्रीत गर्दै आएको छ । सन् १९८० मा निकै शक्तिशाली विद्रोही शक्तिका रुपमा स्थापित एनपीएमा अहिले दुई हजारको हाराहारीमा सदस्य रहेका सैन्य तथ्याङ्कले देखाएको छ । रासस/सिन्ह्वा
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १८, २०७९  १३:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro