साहित्य

काठमाडौं । शिवपुरी साहित्य समाजको अध्यक्षमा साहित्यकार विष्णुबहादुर सिंह चयन भएका छन् ।
साहित्यकार वियोगी बुढाथोकी संरक्षक रहेको समाजको उपाध्यक्षमा शंकर भारती, महासचिवमा प्रकाश घायल, सचिवमा दीपक लोहनी, कोषाध्यक्षमा माधव बिडारी र सह–सचिवमा गंगा आचार्य चयन भएका छन् ।
समाजका सदस्यहरूमा वासुदेव गुरागाईं, हरिकृष्ण धिताल, विनोद नेपाल, लव खड्का, कृष्णदेव रिमाल, रूपा रिसाल, रेणु अधिकारी ‘मौनता’, रामेश्वर केसी र बद्री उप्रेती चुनिएका छन् ।
समाजले बर्सेनि स्रष्टाहरूलाई पुरस्कृत गर्दै आएको महासचिव प्रकाश घायलले जनाएका छन् ।
प्रकाशित मिति: शुक्रबार, फागुन १२, २०७९ १४:१४
प्रतिक्रिया दिनुहोस्