site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कलासाहित्यडटकम प्रतिष्ठानद्वारा सर्जकहरू सम्मानित
Tiktok banner adTiktok banner ad

काठमाडौं । साहित्यिक वृत्तमा विगत डेढ दशकदेखि क्रियाशील संस्था नेपाली कलासाहित्यडटकम प्रतिष्ठानले विभिन्न विधाका ६ जना सर्जकहरूलाई सम्मानित एवं पुरस्कृत गरेको छ ।

बिहीबार काठमाडौंमा प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि आयामेली कवि वैरागी काइँलाले ‘राष्ट्रिय कलाश्री सम्मान—२०७९’ नेपालको ललितकलाका क्षेत्रमा विशिष्ट योगदान पु¥याएवापत प्रसिद्ध कलाकार किरण मानन्धरलाई समर्पण गरे ।

सो अवसरमा समालोचक प्रा.डा. लक्ष्मणप्रसाद गौतमलाई नगद राशि एक लाख रुपैयाँसहित ‘राष्ट्रिय कलाश्री पुरस्कार—२०७९’ समर्पण गरियो । समारोहमा युवा कवि, उपन्यासकार भूपिनलाई नगद राशि ७५ हजार रुपैयाँसहित ‘स–सिद्धि राष्ट्रिय कलाश्री पुरस्कार—२०७९’, हिमाल तथा प्राकृतिक दृश्यहरू खिच्ने फोटोग्राफर जगदीश तिवारीलाई नगद राशि ६० हजार रुपैयाँसहित ‘थिरछाया राष्ट्रिय कलाश्री ललितकला पुरस्कार—२०७९’, साहित्यिक पत्रकार तथा कवि सर्जक टङ्क उप्रेतीलाई ५० हजार नगद राशिसहित ‘बद्री राष्ट्रिय कलाश्री पत्रकारिता पुरस्कार—२०७९’ र गायिका मेलिना राईलाई ५० हजार नगद राशिसहित ‘पद्मनेत्र राष्ट्रिय कलाश्री सङ्गीत पुरस्कार—२०७९’ समर्पण गरियो ।

सर्जकहरूलाई प्रमाणपत्र प्रदान गर्दै प्रमुख अतिथि वैरागी काइँलाले यस्ता स्रष्टाहरूलाई पुरस्कृत गर्न पाउनु आफ्ना लागि गर्वको क्षण भएको बताए । उनले भने, “यतिखेर म आफैं सम्मानित र पुरस्कृत भएको अनुभव गरिरहेको छु ।”

प्रतिष्ठानका प्रमुख संरक्षक डा. विमल कोइरालाले कला–साहित्य शाश्वत हुने बताउँदै यो सभ्यताको आधारभूमि भएको उल्लेख गरे । उनले वितेको १५ वर्षदेखि प्रतिष्ठानले कला साहित्यमा विशिष्ट योगदान दिनेहरूलाई सम्मानित गर्दै आएको बताए ।

कार्यक्रममा समालोचक महेश पौडेलले सम्मानित तथा पुरस्कृत स्रष्टाहरूको परिचय दिँदै तिनले गरेका योगदानको चर्चा गरे ।

प्रतिष्ठानकी अध्यक्ष कवि मोमिला जोशीले सम्मान तथा पुरस्कारको निर्णय गर्दा आफूहरूले बुद्धत्वको खोजी गरेसरी टुङ्गो लगाउने गरेको बताइन् ।

कार्यक्रममा पुरस्कृत स्रष्टाहरू कलाकार मानन्धर, प्रा.डा. गौतम, कवि भूपिनका साथै राजेश्वर कार्कीले बोलेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन ११, २०७९  २१:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro