
काठमाडौं । अन्तर्राष्ट्रिय मातृभाषा दिवसका अवसरमा नेपालस्थित भारतीय दूतावासले ‘नेपाल भारत बहुभाषी काव्य उत्सव’ सम्पन्न गरेको छ ।
मंगलबार सम्पन्न बहुभाषिक कवि गोष्ठीमा कविहरू नवराज कट्टेल र मुकुन्दप्रसाद लामिछानेले संस्कृत भाषामा, ऋषभदेव घिमिरे, रञ्जना निरौला, सुमन वर्षाले नेपालीमा, डा. संजीता वर्मा र मनोजले हिन्दी भाषामा, सन्तोष पोखरेलले अंग्रेजीमा र डा. लक्ष्मी जोशीले डोटेली भाषामा कविता वाचन गरेका थिए ।
त्यस्तै, रञ्जना कवच, रमन पाण्डेले हिन्दी भाषामा, गोपाल ठाकुर र डा. रामभक्त ठाकुरले भोजपुरीमा, इम्तियाज वफा र अब्दुल मोबिन खानले उर्दू भाषामा, गोविन्द सिंहले पंजाबी, डा. उर्मिला चाकुरकर, डा. प्रीति सिन्दे, डा. ज्योति, आशा, दिनकर सुरेन्द्र जोशी, दिलासा पाटिल, विटा जि साङ्ली, अक्षरयात्री र सीता रावले मराठी भाषामा कविता वाचन गरे ।
त्यस्तै, पारू तिमल्सिना, अस्मिता मानन्धरले अंगे्रजी, विक्रम त्रिपाठी र आलोक तिवारीले अवधि, डा गंगाप्रसाद अकेलाले मैथिली भाषामा कविता वाचन गरेका थिए ।
गोष्ठीका प्रमुख अतिथि प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई थिए । कार्यक्रम अक्षरयात्रा महाराष्ट्र, त्रि.वि हिन्दी विभाग र वाल्मीकि क्याम्पसको सह आयोजनमा सम्पन्न भएको थियो ।