साहित्य

काठमाडौं । सिम्पल आर्ट्सले रजत महोत्सवको अवसर पारेर विभिन्न क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउने पाँच प्रतिभालाई ‘सिम्पल सम्मान–२०७९’ प्रदान गरेको छ ।
सो अवसरमा साहित्यकार ललिता दोषी, पत्रकार केशव पाठक, गायिका श्वेता उप्रेती, कलाकार प्रज्ञा जोशी र शिक्षासेवी शेषमणि भट्टराईलाई उपस्थित अतिथिहरूले सम्मानपत्र प्रदान गरे ।
सभापति, प्रमुख अतिथि र मन्चविना सम्पन्न भएको सिम्पल आर्ट्सको रजत उत्सवमा रवीन्द्र मिश्र, डा. मधुसूदन लामिछाने, दुर्गा अधिकारी भमरकोटे, रामकुमार पण्डित क्षेत्री र रञ्जु दाहालले काव्य रचना वाचन गरेका थिए ।
सिम्पल आर्ट २०५५ साल फागुन ७ गते स्थापना भएको हो ।
प्रकाशित मिति: सोमबार, फागुन ८, २०७९ २०:३४
प्रतिक्रिया दिनुहोस्