site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
गोपी मैनालीको ‘अभिव्यञ्जना यात्राप्रति’ सार्वजनिक 
Ghorahi CementGhorahi Cement

काठमाडौं । सुरभि साहित्य प्रतिष्ठानले गोपी मैनालीको समालोचनात्मक कृति ‘अभिव्यञ्जना यात्राप्रति’ एक समारोहकाबीच लोकार्पण गरेको छ ।

आइतबार काठमाडौंमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि डा. जयराज आचार्यले उक्त कृति सार्वजनिक गरे । 

Agni Group

कार्यक्रममा मन्तव्य दिँदै आचार्यले साहित्य मानव जीवनको अभिन्न अङ्ग भएको, साहित्यबिना मान्छे पूर्ण हुन नसक्ने उल्लेख गर्दै विश्वमा तानाशाहहरू पनि कृतिकारका रूपमा पाइएको बताए ।

डा. विमल कोइरालाले अभिव्यञ्जना र प्रज्ञाको घर्षणबाट सिर्जना भएको यो पुस्तक प्राज्ञिक चेतना र भिन्न स्वादको भएको बताए ।

Global Ime bank

पुस्तकमाथि टिप्पणी गर्दै समालोचक ठाकुर शर्माले सार्वजनिक कृति स्वानुभूतिको माध्यमबाट लेखिएको एउटा स्तरीय कृतिका रूपमा आएका बताए । 

समीक्षक डा. लेखप्रसाद निरौलाले समालोचना साहित्यमा निबन्धात्मक शैली पछ्याएको कृतिले साहित्यको इतिहास, विनिर्माण, परिवर्तित शैलीको बहस सुरू गरेको बताए ।

कार्यक्रममा डा. गार्गी शर्मा, गोपी मैनाली, विजय चालिसे, राधेश्याम लेकाली, बाजुराम पौडेललगायतले बोलेका थिए । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन ८, २०७९  १९:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC