site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
जनकपुर साहित्य महोत्सव बिहीबारदेखि
Ghorahi CementGhorahi Cement

जनकपुरधाम । तीन दिवसीय ‘जनकपुर साहित्य महोत्सव–२०२३’ फागुन ११ गतेदेखि सुरु हुने भएको छ । नवमिथिला फाउन्डेसनको आयोजन र फ्याक्ट्स नेपालको प्रमुख प्रायोजनमा बिहीबारदेखि हुन लागेको महोत्सवमा २० वटा विषयमा बहस हुने आयोजक संस्थाको उपाध्यक्ष आदित्य नेपालले जानकारी दिए ।

उनका अनुसार ०७६ सालदेखि प्रत्येक वर्ष आयोजना हुँदै आएको महोत्सवमा यस वर्ष साहित्य, संगीत, सिनेमा, संस्कृति, पहिचान, समाज र राजनीतिसम्बन्धी विभिन्न २० वटा विषयमा समूहगत छलफल हुनेछ । जनकपुर साहित्य महोत्सवमा विधार्थी, राजनीतिज्ञ, कलाकार, संगीतकार, लेखकलगायतको सहभागिता रहने उनले बताए । 

Agni Group

साहित्य महोत्सवको उद्घाटन सत्र फागुन ११ गते दिउँसो २:३० बजेदेखि जानकी मन्दिर परिसरमा हुने तय भएको कार्यक्रम संयोजक प्रियंका झाले बताइन् । कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपालका प्रथम तथा पूर्व राष्ट्रपति रामवरण यादव र विशेष अतिथि मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव रहने उनले जानकारी दिइन् । 

त्यसैगरी, प्रबुद्ध मन्तव्य राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल, उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अन्जन श्रेष्ठ र डा. विजयकुमार सिंह (दनुवार) ले दिने आयोजक संस्थाको तयारी छ । साहित्यिक क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजना हुँदै आएको महोत्सवमा देशभरिका ख्याति प्राप्त स्रष्टाहरूको सहभागिता रहनेछन् । 

Global Ime bank

महोत्सवमा ’समावेशिता : परिकल्पना र अभ्यास’, ’अपन समाजके घुइरक तकलापर’, ’घेघ बनल घोघ’, ’युवा : संस्कार र परिष्कार’, ’सहिद दिलिप महतोके मोन पाडैत’, ’सञ्जालको बवाल’, ’राजनीति : अभियान आ अवसर’, ’सम्झनामा प्रदीप दाई’, ’हामीले गुमाएको खेलकुद’ र विभिन्न अन्य विधालाई समेट्दै २० भन्दा बढी सत्रहरू राखिएको छ । 

उद्घाटन समारोहका दिन ‘अमित झा साहित्य संगीत पुरस्कार’ वितरण गर्नुका साथै अन्तरविद्यालय वक्तृत्व प्रतियोगिताको निर्णायक प्रतिस्पर्धा र संगीत सन्ध्यामा (कुटुम्ब र मिनाप) को सांगीतिक प्रस्तुति हुनेछ । 

किताबको लोकार्पणदेखि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय कलाकारको प्रस्तुति पनि महोत्सवमा समेटिएको छ । महोत्सवको अन्तिम दिन फागुन १३ गते भारतका चर्चित गायिका मैथिली ठाकुरले पनि साङ्गितिक प्रस्तुति दिने भएकी छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ७, २०७९  १८:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC