site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
दुई कथाकारलाई लघुकथा समाजको सम्मान
Ghorahi CementGhorahi Cement

काठमाडौं । लघुकथा समाज नेपालले ‘सावित्री–केशर कथा सम्मान—२०७९’ कथाकार बाबा न्यौपाने (वामनप्रसाद न्यौपाने)लाई प्रदान गरेको छ । त्यस्तै, समाजले ‘बाटुली–खिलध्वज लघुकथा सम्मान—२०७९’ लघुकथाकार कल्याण पन्तलाई प्रदान गरेको छ । 

दुवै सम्मानकासाथ नगद राशि २१ हजार रुपैयाँको थैली पनि प्रदान गरिएको थियो । थैली पुरस्कार संस्थापकहरू हरि थापा र भैरवी थापाले प्रदान गरे ।

Agni Group

आइतबार बिहान काठमाडौंमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. लक्ष्मणप्रसाद गौतमले सम्मानित व्यक्तित्वलाई सम्मानपत्र प्रदान गर्दै दुवै सर्जकहरूलाई सम्मानित गर्न पाउँदा खुसी लागेको बताए । उनले आजको सम्मानले आफू स्वंयम् सम्मानित भएको उल्लेख गरे ।

समाजका सल्लाहकार साहित्यकार अशेष मल्लले लघुकथा समाजले समर्पण गर्ने सम्मानहरूका लागि चयन हुने व्यक्ति उत्कृष्ट हुने गरेको बताए ।

Global Ime bank

दुवै सम्मानका संस्थापकहरूका तर्फबाट साहित्यकार हरि थापाले आगामी दिनमा पनि समाजले हाम्रो होइन राम्रो कथाकारहरूको चयन गर्दै सम्मानित गर्ने विश्वास व्यक्त गरे । 

सोअवसरमा कथाकार बाबा न्यौपाने र लघुकथाकार कल्याण पन्तले आफूहरूलाई खुसी लागेको बताए । कार्यक्रममा समाजका सदस्य नवराज रिजालले दुवै सम्मानित स्रष्टाहरूको परिचय दिएका थिए भने समाजका अध्यक्ष गोपाल अश्क र सदस्य श्रीबाबु काकीले पनि बोलेका थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ७, २०७९  १३:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC