site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रहेनन् साहित्यकार मोहनहिमांशु थापा 
तस्बिर : कृसु क्षेत्रीको फेसबुकबाट
Tiktok banner adTiktok banner ad

काठमाडौं । साहित्यकार प्रा.डा. मोहनहिमांशु थापाको निधन भएको छ ।

साहित्यिक समाचार प्रस्तुत गर्दै आएको फेसबूक पेज ‘शब्दपथ’ले उल्लेख गरेअनुसार वि.सं. १९९३ सालमा गोकर्णमा जन्मिएका थापा हाल ललितपुरको नखिपोटमा बस्दै आएका थिए । तीन दिनअघि थापाको निधन भएको थियो ।

थापाको नेपाल भाषा (नेवारी भाषा)मा दख्खल भएका कारण उनी सोही भाषा प्राध्यापन गर्दथे । मोहनहिमांशु थापाको ‘खुकुरीमाथि एक चौटा बादल’ कवितासङ्ग्रहलगायतका कृतिहरू प्रकाशित छन् ।

साहित्यकार विजय चालिसेले थापाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै आफ्नो फेसबुक वालमा लेखेका छन्, “२०१०÷२० को दशकमा मोहन कोइराला, मदन रेग्मी, कृष्णभक्त श्रेष्ठ, द्वारिका श्रेष्ठसँगै नेपाली आधुनिक कविताको नेतृत्व गर्नेमा उहाँ पनि एकजना हुनुहुन्थ्यो ।”

थापाको शनिबार अपरान्ह पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको कथाकार किशोर पहाडीले बाह्रखरीलाई जानकारी दिए । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन ६, २०७९  २०:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro